Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ३६.१९ अंकको गिरावट, तीन अर्बको कारोबार

काठमाडौं । शेयर बजार आज दोस्रो दिन पनि घटेको छ । बजार तल झरेसँगै कारोबार रकम तीन अर्ब पनि पुग्न नसकेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३६.१९ अंकले घटेको हो । १.६४ प्रतिशतले बजार घट्दा नेप्से २१६४.३१ अंकमा झरेको छ ।
आज २६७ कम्पनीका ७७ लाख १६ हजार २ सय ७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४ सय १८.७१ रुपियाँ बराबरको कारोबार भएको हो ।
किसान लघुवित्तका शेयरधनीहरुले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाउँदा नबिल बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.८७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सोल्टी होटलको उच्च कारोबार भएको छ । उक्त होटलको १५ करोड २७ लाख ७९ हजार ७४.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ६३.२४ अंकले बढ्दा ४ अर्ब ३७ करोड ५१ लख ९६ हजार २ सय ३२.८० रुपियाँ र हिजो सोमबार २६.६६ अंकले बजार घट्दा ४ अर्ब ७२ करोड ७६ लाख ८ हजार ८ सय १०.४४ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार