Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ३८.८३ अंकको गिरावट, प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच

काठमाडौं । शेयर बजार तीन दिनदेखि लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार उच्च अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३८.८३ अंकले घटेको छ । २.०६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९४९.७९ अंकमा झरेको छ ।
नेप्से तल झरे पनि कारोबार रकम भने उत्साहजनकनै छ । आज २६२ कम्पनीका ८७ लाख ३६ हजार १ सय २८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३१ करोड ५१ लख ६९ हजार ५ सय ७१।९४ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने यूनिलिभर नेपाल र एशियन हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी १० र ९.७५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार आज प्रभु बैंकका संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ । उक्त बैंकको ३४ करोड २८ लाख १६ हजार १ सय २९ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
साताको पहिलो दिन आइतबार बजार १७.३८ अंकले घट्दा १ अर्ब ५४ करोड ६५ लाख ४१ हजार १९.४० रुपियाँ र हिजो मंगलबार ५३.१६ अंकले बजार घट्दा २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८ सय ४४.६१ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।