Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ५.८४ अंकको सुधार, कारोबार रकम भने २ अर्ब पनि पुगेन

काठमाडौं । लगातार ५ दिन घटेको शेयर बजारमा आज झिनो सुधार आएको छ । गत साताको आइतबार मौद्रिक नीति आएको भोलिपल्टदेखि बजार निरन्तर घट्दै आएको थियो । आज बजारमा सुधार देखिए पनि कारोबार रकम २ अर्ब पनि पुग्न सकेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.८४ अंकले बढेको हो । ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१०६.१८ अंकमा उक्लिएको छ ।
आज २६२ कम्पनीका ५५ लाख ३१ हजार ७ सय ३७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८५ करोड ८० लाख २ हजार १ सय ७५.७३ रुपियाँ बराबरको कारोबार भएको हो ।
सनराइज ब्यूचिप फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.१० प्रतिशतले नाफा कमाउँदा वीन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.३१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ८ लाख ८६ हजार ६ सय ५.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार २६.१४ अंकले घट्दा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५ सय २७.८७ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार