Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गत साता लगातार तीन दिन बढेको शेयर बजार आज पनि उकालो लागेको छ । बजार बढेसँगै कारोबार पनि बढोत्तरी भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.८८ अंकले बढेको हो । ०.३१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८८३.२० अंकमा पुगेको छ ।
आज २७३ कम्पनीका ४८ लाख २८ हजार ७ सय ७६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७ सय ३१.५३ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन राष्ट्रिय बीमा कम्पनी, आत्मनिर्भर लघुवित्त, सनराइज फोकस्ड इक्वीटी फण्ड, पोखरा फाइनान्स लिमिटेड र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ७.८०, ६.१६ र ५.५७ प्रतिशतले नाफा कमाएका छन् । आज सबैभन्दा बढी आदर्श लघुवित्तका लगानीकर्ताहरुले ६.५६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड १७ लाख ६५ हजार ४ सय ८०।६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बढी कारोबार भएका पाँच कम्पनीमा शिवम्सहित राष्ट्रिय बीमा कम्पनी, तारागाउँ रिजेन्सी होटल, नागरिक लगानी कोष र नेपाल दूरसञ्चार कम्पनी छन् ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल