Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेको छ । कारोबार रकम पनि बढेर २ अर्ब नजिक पुगेको छ ।
ब्याजदर एकल अंकमा झार्ने नेपाल बैंकर्स संघको आजको निर्णय र हिजो राष्ट्र बैंकले प्रकाशित गरेको ८ महिनाको आर्थिक तथा वित्तीय अवस्था सुधारिंदै गएको प्रतिवेदनको प्रभाव आजको बजारमा प्रष्टैसँग देखिएको हो ।
बजार आज लगातार तेस्रो दिन पनि बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ९२.२२ अंकले बढेको हो । ४.९३ प्रतिशतले बजार बढेसँगै नेप्से ह्वात्तै उकालो चढेर १९६३.५५ अंकमा पुगेको छ ।
आज २६७ कम्पनीका ६१ लख ७ हजार ४ सय २५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९७ करोड ६० लाख ७६ हजार ७ सय ३२.३४ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज सिद्धार्थ इक्वीटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड १, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ र आदर्श लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका छन् । अरु ११ कम्पनीका लगानीकर्ताहरुले पनि ९ प्रतिशत भन्दा बढी नाफा कमाएका हुन् ।
त्यसैगरी आज तीन कम्पनीका लगानीकर्ताहरुले मात्रै घाटा ब्यहोरे । एभरेष्ट बैंक, सिभिल बैंकको ऋणपत्र र सिद्धार्थ बैंकको ऋणपत्रका लगानीकर्ताहरुले क्रमशः १.९९, १.१८ र ०.५५ प्रतिशतले घाटा व्यहोरेका हुन् ।
आज पनि शिवम् सिमेन्टकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड ७१ लाख ३५ हजार ३ सय ४२।५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार २८.३१ अंकले घट्दा १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४ सय ११.७२ रुपियाँ, सोमबार ५.५४ अंकले बजार बढ्दा ९१ करोड १९ लाख ७६ हजार ४९.१२ रुपियाँ र हिजो मंगलबार २७.३१ अंकले बजार बढ्दा ९४ करोढ ५२ लाख ४९ हजार १ सय ७९.३६ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल