Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । अनेरास्ववियु केन्द्रीय कमिटीको समन्वयमा अखिल फोर्सले शंकरदेव क्याम्पसमा सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुली तथा विशेष अतिथि क्याम्पस प्रमुख सहायक क्याम्पस प्रमुख अनेरास्ववियुका उपाध्यक्ष माधव पन्त सचिव मेघनाथ चापागाईँ रहेका थिए । कार्यक्रमको अध्यक्षता अखिल फोर्सका संयोजक उपेन्द्र जङ्ग शाहीले गरेका थिए भने सञ्चालन अखिल फोर्सका सचिव सन्तोष शेर्पाले गर्दै थिए । प्रमुख अतिथि पराजुलीले देशभरिका सरकारी क्याम्पसमा सेनिटरी प्याड मेसिन राख्ने अभियान सञ्चालन गर्ने बताएका छन् । उनले अखिल फोर्सले रचनात्मक कामको अगुवाइ गर्ने बताउँदै आफ्नो उद्देश्यमा कसैले अवरोध गर्नेहरूले त्यसको नमिठो जवाफ पाउने बताए । फोर्सले महिला शौचालय सरसफाइसमेत गरेको थियो ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल