Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीकी सासू रविना देशराज श्रेष्ठले गरेको विवाहले मिडिया र सोसल मिडियालाई गसिपका थुप्रै शीर्षक दिइरहेको छ । कतिले उनीहरुको विवाहलाई उदाहरणीय भन्दै बधाइ दिएका छन् त कतिले नचाहिँदो तमासा देखाएको भनेर खिज्याएका छन् । रविनाको विवाहका तस्वीर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहँदा एउटा नयाँ चर्चाले सरगर्मी बढाइदिएको छ । यो चर्चा हो, रविनाका छोरा तथा प्रियंकाका श्रीमान आयूष्मानकी पूर्वप्रेमिका परमिता आरएल राणाको आयूष्मानका भाइ आशिरमानसँग निकटता । रविनाको विवाहमा परमिता उपस्थित मात्र थिइनन्, उनी यत्रतत्र छाएकी थिइन् । सार्वजनिक भएका फोटो र भिडिओले परमिता र आशिरमानबीच नयाँ सम्बन्धको विजारोपण भइरहेको संकेत गर्छन् । विवाहपछि रविना र उनका श्रीमान बसन्तपुर दरबार स्क्वार घुम्न जाँदा आशिरमान र परमिता उनीहरुसँगै देखिएका थिए ।
सासूको विवाहमा श्रीमानकी पूर्वप्रेमिकाको उपस्थितिलाई प्रियंकाले पनि अन्यथा लिइनन् । बरु एउटा भिडिओ सार्वजनिक भएको छ, जसमा प्रियंका परमितासँग रमाउँदै डान्स गरिरहेको देखिन्छिन् । श्रीमती र पूर्वप्रेमिकाको यो अन्तरघुलनलाई लिएर धेरैले अनौठो मानेका छन् । त्योभन्दा अनौठो चाहिँ दाजुसँग ब्रेकअप भएपछि भाइसँग प्रेम (यदि सत्य हो भने) हो । तर प्रियंकाको परिवारलाई बुझेकाहरुका लागि यो कुनै अनौठो कुरा होइन । यो ‘उत्तर आधुनिक’ परिवारमा जे पनि सम्भव छ । स्मरणीय छ कि परमिता र आयुष्मान लामो समय प्रेममा थिए । प्रियंकासँग प्रेम सुरु भएपछि आयुष्मान परमितासँग टाढिए । प्रियंकाले आयुष्मानलाई कुनै समय भाइटिका लगाउँथिन् । पछि प्रेम परेर विवाह गरेकी हुन् । उनीहरुबाट एक छोरी छिन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल