Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । निजामती कर्मचारीको गुप्तचर समूह राष्ट्रिय सतर्कता केन्द्र तातेको छ । केन्द्रमा नेपाल प्रहरीले डिआईजी निरञ्जन विष्टलाई पठाएको छ भने सुरेश आचार्य सचिव छन् । नेपाल सरकारको सचिव केन्द्रको प्रमुख हुन्छ । प्रधानमन्त्री कार्यालयको अधिनमा रहेको सतर्कता केन्द्रबाट सडक विभागका जासुस रविन्द्र श्रेष्ठ हटेपछि काममा तिव्रता आएको हो । केन्द्रलाई केपी ओलीले प्रम कार्यालय मातहतमा ल्याए पनि प्रगति छैन । रविन्द्रनाथ श्रेष्ठ भौतिक पूर्वाधार सविचबाट केन्द्र धपाइएका थिए । इञ्जिनियर भएर पनि जासुसीको क्षमताबाट उम्कन नसकेका श्रेष्ठ शहरी विकासमा गएका छन् । उनी हट्नासाथ सुरेश आचार्य पठाइएका हुन् । केन्द्रमा हुँदा पनि सचिवको काम निजामती कर्मचारीको अराजकता नियन्त्रणमा थिएन । उनी आफैं अराजक थिए । उनको काम सडक र भौतिक पूर्वाधार मन्त्रालयको सूचना एमाले निकट पत्रिकामा पठाउनु थियो । गोकुल बास्कोटा जस्ता चलाखको खेलमा ७० करोड पेश्की हजम गरेर सेक्युरिटी प्रेसको भ्रष्टाचारमा विकल पौडेललाई फसाइएको छ । रविन्द्र श्रेष्ठ तिनै जिल्लावासी गोकुलका कारण सोमबारे र बुधबारे साप्ताहिकको रिपोर्टर बनेका थिए । उनको धन्दा निरन्तर छ । अहिले केन्द्रले सिंहदरबार मुलढोकामै सरकारको स्थायी शासक भगौडा कर्मचारीको दोहोलो काडेको छ । यो प्रकरणमा १२५ कर्मचारी परेका छन् । सरकारसँग पोशाक भत्ता लिने कर्मचारी पोशाक नलगाउने, १० बजे हाजिर गर्ने १०ः१५ मा कार्यालय छाड्ने अराजकता चर्को छ । केन्द्रले यो निगरानीको स्याम्पलिङ गरेको हो । नेपाल सरकारका कर्मचारीको अराजकतामाथि प्रहार गर्न सतर्कता केन्द्रले सक्छ । तर त्यसका नाइके नै एक मन्त्रालयका कर्मचारीमाथि मात्रै निगरानी गर्ने भएपछि सतर्कता केन्द्र अलपत्र थियो ।
जस्तो मन्त्री त्यस्तै कर्मचारी
माओवादी लुटाहा मन्त्रीका रूपमा शक्ति बस्नेत चिनिन्छन् । यिनबाट काम हुँदैन । यिनले नेतृत्व गरेको ऊर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्तालयका कर्मचारी नै कार्यालय समय त्यागेर हिँडेका थिए । गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्णयमा आफू कठोर भए पनि कर्मचारीको अराजकता थाहा पाए । कर्मचारीको अराजकताले नै जनताले दुःख पाएको हुन् । राजनीतिज्ञ भ्रष्ट छन्, कर्मचारी लुटाहा छन् भन्ने प्रमाण हो यो । व्यवस्था परिवर्तनले मान्छेको मानसिकता बदलिएको छैन भन्ने कुरा सिंहदरबारको नग्नता नै प्रमाण हो । सतर्कता केन्द्र कर्मचारीको गुप्तचर हो । राज्य र जनता ठग्ने देशद्रोही ती हुन् जो सिंहदरबारमा हाटा गरेर तलब पचाउँछन्, कागजी काज मिलाएर भत्ता र इन्धन खर्च हजम गर्छन् । अराजकताले ठाउँ पाएपछि सरकारका योजना जस्ता हुन् अर्थ छैन । देशको स्थायी सरकारका प्रतिनिधि कर्मचारी नै हुन् नेतालाई लुट्न सिकाउने । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पात्र र चरित्र नै नेपाली प्रशासन र राजनीतिको झल्को दिने माध्यम हुन् । माओवादीका श्रेष्ठ, सुदन र अमनलाल जस्ता काममा खट्ने लुटाहाको होस् उडाउने मन्त्रीले ३ वर्ष कतैको दबाव बिना काम गर्न पाउने हो भने कम्युनिष्टको नाममा केपी ओलीले बदनाम गरेको व्यवस्थामा सुधार आउन सक्छ । तर सञ्चारमन्त्री रेखा शर्मा आफ्नै लोग्ने कृष्णध्वज खड्काको घुस्याहा शैलीको शिकार भइसकेकी छिन् । लुम्बिनी प्रदेशमा कृष्णध्वजलाई धनकुवेर भन्न थालिएको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल