Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्ता गठबन्धनमा दरार आएको स्पष्ट संकेत आइरहेको बेला । काँग्रेस सभापति शेरबहादुर देउवाको परिवार बैंकक जाने तयारीमा छ । नयाँ वर्षका दिन चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा सरकार परिवर्तन हुने संकेत गर्दै मुलुकले निकास पाउने दाबी के गरेका थिए, भोलिपल्टै २ वैशाख एमाले केन्द्रीय सचिवालयको बैठक बस्यो। प्रचण्डले ‘सरकारका काम–कारबाहीसँग सत्ता–साझेदार नेपाली कांग्रेसभित्र असन्तुष्ट छ,’ भन्ने दाबी गरेका थिए। प्रचण्डले इङ्गित गरेको कांग्रेसभित्रको असन्तुष्टिलाई समेत मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा बुधबार (३ वैशाख) उच्चस्तरीय संयन्त्रको बैठक समेत भयो। दुई तिहाइ बहुमतको सरकार प्रतिनिधि सभामा ३२ सिट मात्र रहेको दलका नेताको भनाइबाट यति धेरै तर्सन्छ भने प्रचण्डले पनि प्रधानमन्त्री प्रस्ताव गरेका र कांग्रेसभित्रै सरकारका कामकारबाहीबारे असन्तुष्टि चुलिएका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित विदेश भ्रमणमा जाने निर्णय गर्छन् भने बालुवाटार र सत्ता–साझेदार एमाले पंक्ति नतर्सने कुरै भएन। स्रोतका अनुसार, ‘वेटिङ प्राइमिनिस्टर’ एवं सभापति देउवा परराष्ट्रमन्त्री डा। आरजु राणा, छोराबुहारी सहित आगामी हप्ता ब्यांकक भ्रमणमा जाँदैछन्। थाइल्यान्डमा देउवाको बसाइ कहाँ हुन्छ भन्ने जानकारी नभएकाले पनि बालुवाटार यो भ्रमणप्रति आशंकित भएको हो। स्वास्थ्य उपचारका लागि विदेश जाँदा परराष्ट्रमन्त्री डा. राणा एक्लै जाने गरेकी छन्। तर, यसपटक सभापति देउवा पत्नी राणाको ब्यांकक भ्रमणको छेकोमा आफू पनि स्वास्थोपचारका लागि सँगै जाँदै छन्। जहाँसम्म परराष्ट्रमन्त्री डा। राणा देउवाको ब्यांकक भ्रमणको सन्दर्भ हो, मन्त्री राणा संयुक्त राष्ट्रसंघको इकानोमिक एन्ड सोसल कमिसन फर एसिया एन्ड प्यासिफिक इस्क्याप आर्थिक तथा सामाजिक आयोगको आगामी ८–१२ वैशाखमा ब्यांककमा हुने ८१ औँ बैठकको अध्यक्षता गर्ने गरी जान लागेकी हुन्। सो बैठक ब्यांककस्थित संयुक्त राष्ट्रसंघको सम्मेलन केन्द्रमा हुने बताइएको छ। बैठकका लागि उनी ७ वैशाखमा ब्यांकक प्रस्थान गर्नेछिन्। १२ वैशाखमा उनी स्वदेश फर्कने कार्यक्रम छ। परराष्ट्रमन्त्री डा। राणाले अध्यक्षता गर्ने ‘इस्क्याप’ को यस पटकको बैठकले एसिया तथा प्रशान्त क्षेत्रका मन्त्री लगायत अन्य सरोकारवालालाई एक ठाउँमा ल्याउने र यो क्षेत्रका समावेशी र दिगो विकासका लागि वर्तमान र भविष्यका जल्दाबल्दा नीतिगत मुद्दाहरूमा विचार विमर्श हुने बताइएको छ। यसपटकको बैठकको मूल नारा ‘एसिया र प्रशान्त क्षेत्रमा लचिलो र दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग’ तय गरिएको छ। बैठकले समावेशी प्रकृतिको सहरी विकासलाई बढावा दिने र सबै तहमा दिगो विकासका लागि सन् २०३० सम्मका लागि तय गरिएका एजेन्डाहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य बैठकले लिएको छ। सो बैठकमा छिमेकी चीनको तर्फबाट उपविदेशमन्त्री मा चाओछुले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल