Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संक्रमण बढेपछि राजधानीका नाकामा कडाई

काठमाडौं । कोरोना संक्रमितको संख्या विस्तारै बढ्न थालेको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिकोले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको छ । एन्टिेजन टेष्ट गर्दा नतिजा नेगेटिभ आए र व्यक्तिमा लक्षण देखिएमा तीन व्यक्तिहरुलाई पिसिआर परीक्षण गर्न पठाउने पनि निर्णय भएको छ । त्यस्तै, यसअघि अस्तित्वमा रहेका आईसोलेशन र क्वारेन्टिन सेन्टरलाई अद्यावधिक राख्ने पनि निर्णय भएको छ ।


सम्बन्धित समाचार