Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संक्रमितको मृत्यु भएको छैन : अस्पताल

काठमाडौं । रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु भएको समाचार सञ्चार माध्यमहरुमा आइरहँदा अस्पतालले त्यसको खण्डन गरेको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको छ। यसअघि प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ती बिरामीको मृत्यु भइसकेको बताएका थिए।