Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद विघटन मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । संसद पुनस्र्थापना हुनुपर्छ भन्ने पक्षले फुल बेन्चको माग गरे पनि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले संवैधानिक इजलासबाटै टुंग्याउन चाहेको प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतमा हुने भएको छ। बुधबार संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारे कुनै निर्णय भएको थिएन। आजसम्म बैठक सरेको थियो। बुधबार दुवै पक्षका वकिलले बहस गरे पनि इजलासले कुनै निर्णय नगरी यही बहसलाई शुक्रबारको इजलासमा निरन्तरता दिने निर्णय गरेको थियो।
रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता रमण श्रेष्ठले मुद्दा पूर्ण इजलासमा पठाउनु पर्ने बताएका थिए। सरकारले मुद्दा पूर्ण इजलासमा पठाउन नहुने भन्दै निवदेन दिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै सर्वोच्चमा रिट परेको छ।