Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सम्बोधनको कार्यक्रम रोकेका छन्। एमाले सांसद रघुजी पन्तका अनुसार सदनको नेता नै अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेताको सम्बोधन आजलाई रोकिएको हो। संसद्को नेता प्रधानमन्त्री हो। तर उहाँ नै उपस्थित हुनु भएन, उनले भने, उहाँ नआएकै कारण प्रतिपक्षी दलको नेता केपी शर्मा ओली बोल्नु भएन। पन्तले हिउँदे अधिवेशनले गति लिन थालेको अवस्थामा छलफलको पहिलो दिन नै प्रधानमन्त्री अनुपस्थित हुँदा संसद्ले रौनक गुमाएको बताए। आज पहिलो दिन नै संसद्ले आकर्षण गुमायो। शीर्ष नेताहरूले संसदमा ध्यान दिनुपर्छ, उनले भने, छलफलका लागि डाकिएको अधिवेशनको सुरुवाती दिनमै प्रधानमन्त्री उपस्थित नहुनु लोकतन्त्रको लागि राम्रो होइन।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल