Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सकियो वंश परम्पराको हैसियत

काठमाडौं । जनता र राष्ट्रको समृद्धि र विकासका लागि आफू सिन्को भाँँच्दैन तर अवसर प्राप्त हुँदा परिवारकै वरपर नाता कुुटुम्बलाई दिलाएर कार्यकर्ताको हुर्मत लिन्छ । यही वंश परम्परा वरपर घुमेको काँग्रेसी क्रेज अब नरहने भएको छ । पिताको वंश परम्परामा रमाएर सधैं नेता बनेर फाइदा लिन पल्केको समूहले नेतृत्वलाई धम्की दिएको छ तर क्रियाशील सदस्यता अध्यावधि गरेको छैन । यस पटक डा. शेखर र शशांक मात्र होइनन् प्रकाशमान सिंह, विमलेन्द्र निधि समेत हामी पुराना हौं हामी मात्र पार्टीका खम्बा, स्वार्थ हाम्रै हो काँग्रेस, हाम्रै वंशको बिर्ता हो भन्ने अवस्था भएन । पूर्णबहादुर खड्काको टिमका भ्रष्टले पार्टी सदस्य बन्न सक्ने भए तर पुनः नेतृत्वमा आउने अवस्था छैन । यो समूहमा डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, दीपक खड्का, ज्ञानेन्द्र कार्की, बलबहादुर केसी, शंकर भण्डारी, ऐन महर, मोहन बस्नेत, नारायण प्रकाश साउद, जीतजंग बस्नेतहरू छन् । वर्तमान सरकारले हिजो पदमा भएका वा नभए पनि देश लुट्न सफल पात्रहरूबाट छाननिव थाल्दै छ । खड्का, कार्की र बस्नेत अख्तियारको कारबाहीमा छन् । अकूत सम्पत्ति त तिनका पालामा भए गरिएका निर्णयका फाइल खोल्ने क्रम तिव्र छ । कुलदेवीको राजश्व लुटले जनता हैरान थिए । आफ्नो स्वार्थमा राज्यको दोहन गर्ने काम काँग्रेसले गरेकै हो । एमाले, ओली पथले त्यही सिकेर दुई तिहाईको दम्ब प्रदर्शन गर्दा देशले अरवौं राजश्व गुमाएको हो । जुन विषयले काँग्रेसलाई पनि छोएको छ । आफैं पार्टी पंक्तिभित्र गुटका आधारमा एमालेको ओली ब्राण्डले जसरी आतंक फैलायो त्यो स्थिति आज छैन । किनकि आज ओली जुन अवस्थामा छन् त्यो पालो कुरेको स्थिति हो । सरकारमा नभए पनि डा. शशांकले पैसामा बेचेको मन्त्री पद, कैलाश सिरोहियाका पार्टनर दंगाली दीपक गिरीले समय अनुकुल बुझेकाले जलश्रोत तथा ऊर्जामन्त्री बन्दा विववादमा आएनन् । तर दीपक खड्का आफैं ठेकेदार भएर सरकारी सम्पत्ति कब्जा गरेर आफैंले कबोल गरेको राजश्व नतिरी नेपाल स्काउटको सम्पत्ति खाने दाउमा थिए । सत्तामै रहँदा उनी नांगै भएका हुन् ।
घरबाट डलर उडाउने नेता खड्का डा. शशांकका लगानीकर्ता थिए । जो लगानीकर्ता छ उही कानुनी कारबाहीमा परेपछि डा. शशांक चुनाव लडेनन् । भ्रष्टलाई काँग्रेसले काँध थापेन । पौरखी काँग्रेस त धेरै छन् । स्नातक तहको आफ्नो परिक्षा अर्कोलाई दिन लगाएर त्रिचन्द्र कलेजमा गुण्डाको राजनीति गर्नेको दिन पनि अब फिर्दैनन् । विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर र डा. शशांक त पुस्तौली अंशवण्डामा रमाएका छन् । अब तिनका पनि दिन सकिए । संसदीय अभ्यासमा प्रतिस्पर्धी पार्टीमा पनि हुन्छन् तर शत्रुता राख्नु हुँदैन । प्रकाशमान घरक्षेत्रका जनताले नपत्याउँदा काठमाडौं एकबाट निरन्तर चुनाव लड्दै आए । यस पटक उनलाई टिकट दिइएन । शशांकले अघिल्लो पटक रु ६ करोड खर्च भयो भन्थे । तर उनी विजय जुलुसमा सहभागी नभएपछि काँग्रेसभित्र पत्याउने ठाउँ भएन । डा. शेखर, डा. मिनेन्द् रिजाल, विमलेन्द्र निधिले गगनकै हस्ताक्षरको टिकट पाए, चुनवा लडे, तर पराजित भएपछि परम्परागत काँग्रेस खोज्दैछन् । विशेष महाधिवेशनको पक्षमा यी भएनन् । जसले दलाली र वंश परम्परामा रमाउन खोज्छ त्यो काँग्रेसबाट हराउने अवस्था छ । असोज १६ देखि १९ सम्मको १५ आंै महाधिवेशनमा उनीहरू काँग्रेसको रूपमा विधिवत हुने छैनन् । अवस्था पुरानो खोज्दा आफैं सकिने स्थिति काँग्रेसमा बढेको छ । वंश परम्पराले समाप्त हुनेलाई काँध थाप्ने हुने छैनन् ।


सम्बन्धित समाचार

अर्वपति पौडेल फस्दा धेरै झस्किए

२०८३ असार १७

ताजा नेपाल

महाराज बन्न एकताको खोजी ?

२०८३ असार १७

ताजा नेपाल

मेस्सीकै कीर्तिमान नजिक एम्बाप्पे

२०८३ असार १७

ताजा नेपाल