Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जाजरकोट । सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल बताए । उनका अनुसार जाजरकोट(डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिंएको छ । पुल भासिएर सडक अवरुद्ध हुँदा नलगाड र आठविसकोटका बिरामी ल्याउन समस्या भएको छ । रिम्नाकै बाटो भएर भूकम्प प्रभावित क्षेत्रका बिरामिलाई ल्याउनु पर्ने भए पनि पुल भासिंएकोले उद्धारमा कठिनाइ भएको हो । रुकुमपश्चिममा पनि केही ठाउँमा सुख्दा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् । सडक खोलेर उद्धारको काम भइरहेको छ । शुक्रबार राति गएको भूकम्पले हालसम्मको विवरण अनुसार जाजरकोटको नलगाठ र रुकुम पश्चिमको आठविसकोटमा धेरै क्षति भएको छ । नलगाडकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पको केन्द्रविन्द रहेको बारेकोट गाउँपालिकाको भने विवरण आइसकेको छैन । प्रभावकारी सञ्चार सुविधा नभएका कारण पूर्ण विवरण नआएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनका अनुसार आफू पुगेको ठाउँमा मानवीय क्षति पुगेको छैन ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल