Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सडकका खाल्टा पुर्न १५ दिनको म्याद

काठमाडौँ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी १५ दिनभित्र पुरिसक्न निर्देशन दिएका छन् । त्यस्तै उपत्यका बाहिरका सडकका खाल्डाखुल्डी भने १ महिनाभित्र पुरिसक्न मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन् । मंगलबार मन्त्रालयमा आयोजित सडक विभागको ब्रिफिङको क्रममा उपप्रधानमन्त्री श्रेष्ठले निर्धारित समयमा गुणस्तरीय पूर्वाधार निर्माण गर्नुको विकल्प नरहेको बताए । यसका लागि राजनीतिज्ञ र कर्मचारीले सुशासन कायम गर्न आत्माआलोचनासहित शून्य सहनशीलताको नीति अवलम्बन गर्न अपरिहार्य रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । झण्डै ४ घण्टा लामो ब्रिफिङमा सडक विभाग मातहतको सम्पूर्ण आयोजना र अवस्थितिको जानकारी मन्त्री श्रेष्ठलाई गराइएको थियो । त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले अत्यन्त समस्याग्रस्त आयोजनाको छुट्टै सूची बनाएर कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले बताए । जागिरे मानसिकताबाट माथि उठेर विकास निर्माणमा जिम्मेवार हुन कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले सञ्चालित सम्पूर्ण आयोजनाको अवस्था र भावी योजना ५ दिनभित्र पेस गर्न निर्देशन दिएका छन् ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल