Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सडकमा रघुबीरको आतंक

काठमाण्डौ, एमालेको नत्रृत्व गरेर सरकारमा सहभागी भएका रघुबीर महासेटले भौतिक मन्त्रालयमा रकम उठाउने बाटो खडा गरेका छन् । सडक बिभागका इन्जिनियरहरुलाइ जथाभाबी सरुवा गरेर उनले मच्चाएको असुलि धन्दालाइ सचिब गोपाल सिग्देलले सघाएका छन् । मन्त्रि एमालेको सचिब कांग्रेसको भएकाले सडक आयोजनाहरुको बजेट र ठेक्का दिलाउने काममा मिलेको सहकार्यलाइ प्राबिधिकहरुले रुचाएका छैनन् । आर्थीक बर्षको अन्तिम समयमा इन्जिनियरहरुको सरुवा गर्दा ठेकेदारहरुबाट उठाइने भेटी एकलौटी रुपमा सचिब मार्फत मन्त्रिसम्म पुग्ने भएकोले सरुवा अभियानलाइ जोड दिइएको हो । बर्दीया घर भएका सचिब सिग्देल कांग्रस नेत्रि डा.आरजू राणाको माइतीका पुजरी पुत्र हुन । उनलाई सिचाइबाट भौतिकमा ल्याउन आरजुकै सिफारिस भएको थियो । मन्त्रि महासेठ यस अघि पनी सो मन्त्रालयमा आएका थिए । उनि सडक बिभागका आयोजनाहरु र परियोजनाहरुका बारेमा जानकार राख्दछन् । यसपटक उनले गृहमा मन्त्रि रबी लामिछानेले प्रहरी भित्र समय नपुगी सरुवा आतंक चलाएजस्तै सडक बिभाग अन्तरगतका आयोजनाहरुमा मनपरी गरेका छन् । पाटीको नेत्रृत्व गरेर सरकारमा पुगेको नेता सडक सुधारमा लाग्नुको सट्टा पैसा असुलीमा लाग्छन भने यी मन्त्रिले एमालेको पक्ष लिने उपसचिब तहका इन्जिनियरहरुलाइ लाखा पाखा गराउँदा एमाले पक्षधर इन्जिनियरहरुको संश्था किन मौन बस्यो ?