Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ता गठबन्धनको बैठकलगत्तै चोलेन्द्र श्रीमानकोमा पुगे प्रचण्ड

काठमाडौं । मन्त्रालयदेखि राजदूतसम्म भागवण्डा खोज्ने प्रवृत्तिले गर्दा अदाललत प्रतिको आस्था समेत घट्न गएको छ । सत्तारुढ गठबन्धनका एक प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासँग एक्लै भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रचण्ड त्यही कम्पाउण्डमै रहेको प्रधान न्यायाधीशको निवासमा छिरेको सुरक्षा स्रोतले जनाएको छ । त्यसअघि बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु शेरवहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, डा‍ बाबुराम भट्टराईलगायतको छलफल चलेको थियो । शीर्ष नेताको छलफलपछि प्रचण्ड एक्लै प्रधानन्यायाधीशको निवासमा गएको बताइएको छ । प्रधान न्यायाधीश राणाविरुद्ध कांग्रेस र माओवादी निकट वरिष्ठ अधिवक्ता र नेपाल बारका पदाधिकारीहरुले समेत महाअभियोगसम्म लगाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला सत्ता गठबन्धनका शीर्ष नेतासँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
सत्तामा भागबण्डा खोजेको आरोप राणामाथि उनीहरुले लगाएका छन् । तर असार २८ गतेको परमादेश जारी गर्ने अन्य चार न्यायाधीशले राणाविरुद्ध सत्तानिकट वकिलहरु प्रयोग गरेको आरोप छ । भागबण्डामा हिस्सेदारी भने उनीहरुले समेत पाउने समझदारी बनेको यसअघि नै खुलिसकेको छ । अदालतमा अहिले पनि सत्ता गठबन्धनसँग सम्बन्धित मुद्दाहरु विचाराधीन छन् । बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम गाँसिएको मुद्दाको फैसलाको मितिसमेत कात्तिक १५ लाई तोकिएको छ ।