Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ता गठबन्धनमा अर्को भागवण्डा, पौडेललाई दुई महिने जिम्मेवारी

काठमाडौं। सत्ता सम्हालेको ८८ दिनमा सरकारले पूर्णता पाएको सत्ता गठबन्धनले सरकार संचालनमा सहयोग गर्न समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति गठन गरेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक बसेको हो । समितिमा अन्य दलहरुबाट दुई–दुई जना प्रतिनिधि रहनेछन् । तर समितिको नेतृत्व दुई–दुई महिनामा फेर्ने गरी गठन गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाबाहेकको समन्वय समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् ।

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र र पूर्वमहामन्त्री कृष्ण सिटौला सदस्य तोकिएका छन् । माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा० बाट उपेन्द्र यादवको नाम दिइएको छ । तीनै दलले एक–एक जना सदस्यको नाम पछि दिने बताएका छन् । यस्तै राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेका छन् ।