Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ता स्वार्थले सकियो माओवादी

विचार र सिद्धान्त खोलामा

काठमाडौं । सत्ता गठबन्धनको बहुमत पुगेको छ । संसदीय अभ्यासमा माओवादी पारंगत भएको छ । आमूल परिवर्तनका कुरा कागजमा छन् । तर, माओवादीका नेता भ्रष्टाचारबाट टाढा भएनन् । अर्थमन्त्रालय पाए पनि माओवादीले पनि सीमित व्यापारीको हितमा काम गरेकै थियो । एमालेका केपी ओलीले अर्थमा भिœयाएका विश्व बैङ्कका दलाल डा. युवराज खतिवडाले जनताको पक्षमा काम गर्ने हिम्मत देखाउनै परेन । उनले अग्रवालहरूकै सेवा गरे । केपी ओली छोटे राजा बन्न पाएपछि आनन्द लिए ।
माओवादी बारम्बार सत्ताको लिच्चड बन्दै गर्दा त्यो पार्टीप्रतिको जनमोह घटेको छ । सरकारमा गएको छ । आफ्नो नीति लागू गर्न सक्दैन । काँग्रेस र एमाले जस्ता छन् माओवादी उस्तै छ । संसदीय दुर्गन्धमा चुर्लुम्म डुबेका राज्यको श्रोतबाट उपचारखर्च लिएर पनि सर्प पाल्ने प्रोजेक्टलाई ७० करोड दिलाएका झलनाथ पनि स्वच्छ भएनन् । माओवादीको सत्ताको नायक बन्न सकेन । किनकि त्यो पार्टीको नेतृत्व सत्ता लम्पट बन्दैछ । यसपटक नेकपा माओवादीलाई सरकारमा नजाउ भन्ने झिनो आवाज उठे पनि सत्ताको रजगजमा रमाएका नेताहरू फेरि दोहो¥याएर मन्त्री बन्ने दाउमा छन् । जसको नीति र एजेन्डा उसको नेतृत्व भन्ने नेपालमा कल्पना भन्दा बाहिर छ । कम्युनिष्टको नाममा काँग्रेसँग सत्तामा रमाएर भ्रष्टाचारमा चुर्लुम्म डुबेको नेकपा एमाले संसदीय दुर्गन्धमा पारंगत भएकै हो । संसदलाई लुकाउने अश्लिल चलचित्रमा रमाउने चुंगिकरमा लुट्ने ठूला खरिदमा भाग खोज्ने काम लाउडा र धमिजा काण्डमा एमालेले ग¥यो । कम्युनिष्ट सरकारकै समयमा कोरोना माहामारी चल्दा एमालेसँग जोडिएका हुकाम, ओम्नी, बतास, थामसेर्कु, यति होल्डिङ्स, अग्रवाल समूहसँगको सामिप्यताले एमालेको ओली पथ नांगै भएको थियो । कम्युनिष्टले गर्ने भ्रष्टाचार र काँग्रेसले गर्ने भ्रष्टाचारका प्रक्रिया फरक देखिए । नीतिगत लुटमा एमाले अग्रस्थानमा छ । माओवादीको रूप त्यस्तै भएको छ । त्यस्तो पार्टी सरकारमा नजाउ भन्दा मान्ने कुरा भएन । नीति र कार्यक्रम आफ्नो बनाएर सरकार सञ्चालन गर्ने हिम्मत नेतृत्वमा छैन । अहिले पनि माओवादीको उपस्थिति एमाले र काँग्रेस दुवैलाई आवश्यक छ । माओवादीले सरकारको नेतृत्व गर्न पाए पनि नीतिगत सुधार गर्ने हिम्मत राख्दैन । किनकि त्यहाँ मन्त्रीपरिषद्को सदस्यमा नाम छनोट गर्दा गुटको भागवण्डामा पार्ने प्रणाली छ । नारायणकाजी भाग खोज्ने नेता हुन् । यस पटक उनका एक जना पनि जितेनन् ।
संगठन बनाउनु पर्छ भन्ने चेत त्यो बेला खुल्छ जुन बेला संसदमा उम्मेदवार बनेर पराजित भइन्छ । पाएसम्म र मिलेसम्म राज्यको सुविधा पाउने सबै ठाउँ नेताका आफन्तले ओगटेका छन् । माओवादीका लागि नीति फेरिन्छ, शैक्षिक योग्यता र अनुभव चाहिँदैन । बेथितिको जड बनेको माओवादीभित्र आचरणमा शुद्धताको खडेरी लागेको छ । एमालेले आफ्नालाई च्याप्छ अरुलाई सघाउँछ र काम आफ्नो लिन्थ्यो तर केपी ओलीको हैकम चलेदेखि त्यो पार्टी पनि एक व्यक्ति सेवामा गयो । माओवादीमा पनि त्यही हो ।
अब माओवादी प्रतिको जनमत घट्दो छ । वाम गठबन्धनबाट भड्किएर काँग्रेस गठबन्धनमा पुग्दा ४६ जना उठाएर १८ जनामा थन्कियो । हिजो ५४ जनाको संसदीय सहभागितता थियो । आज त्यो घटेर ३५÷३६ मा थन्किनु भनेको राजनीतिक, वैचारिक पतन हो । माओवादीलाई शहरले रुचाएन । मधेशमा नेताकै लडाइँले माओवादी सखाप भएको हो । पुग्ने सम्पत्ति जोडेपछि पार्टी किन चाहिन्छ ? गिरिराजमणि र मातृकाहरूलाई भएको त्यही हो ।
सरकारमा गएर राम्रै गरेकालाई पनि जनताले यस पटक पत्याएनन् । पम्फा भुसाल, उदाहरण हुन् । देवेन्द्र पौडेलको सचिवालय पनि आफन्तकै थियो । बागलुङेको संस्कार, संस्कृति दिनानाथले बसालेकै थिए । कुनै पनि विषय पार्टीको नीतिगत अवधारणामा चल्ने चलाउने काम माओवादीहरूबाट भएन । वर्षमानको लुट, जनार्दनको लुट कार्यकर्ताले देखे ।
नयाँ चिन्तन, नयाँ सोचका आधारमा संसदमा पुगेको टिमले मन्त्री पाउन सक्दैन । पार्टीको सुप्रिमो नै परिवारवादमा नाच्ने, गुटगत अवधारणामा चल्ने कम्युनिष्ट नेपालमै भए । मसालका मोहनविक्रम सिंहलाई श्रीमतीनै सांसदमा दोहो¥याउन पर्ने भएपछि कम्युनिष्टका कलंकहरू केपी ओली, पुष्पकमल दाहालले परिवारवाद र गुटवादमा रमाए भनेर आलोचना हुनु स्वाभाविक हो ।