Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ता हस्तक्षेपले तड्पिनु परेन

काठमाडौं । नेतृत्वले संगठनको ऐन र प्रक्रियामा अडान लिँदा फौजमा कार्यक्षमता र वरिष्ठताले स्थान पाउँछ भन्ने कुरा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा देखिँदैछ । फौजलाई स्वार्थमा पेल्ने र प्रयोग गर्ने विगतको संस्कार यस पटक तोड्न नेपाल प्रहरीका आईजीपी दिपक थापा, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल सफल भएका छन् । दुवै संगठनमा बढुवा सिफारिश समितिको प्रस्ताव गृहले मात्र होइन प्रधानमन्त्री कार्यालयले समेत स्वीकार्न बाध्य भयो । सशस्त्रका डिर्आजी दिपेन्द्र कुँवरको बढुवामा ज्येष्ठता मिचेर सत्ता हावी भएको प्रचार भयो । तर उनको बढुवा विधिसम्वत भएन भनेर उजुरी कतै परेन । देउवा परिवारसँग नाता जोडिनु नै समय पुगेपछि बढुवा नुहने भन्ने होइन । अहिले उनी लुम्बिनी प्रदेश सरुवा भएका छन् । डिआईजीहरु गणेश ठाडा, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, प्रदीपकुमार पाल, अञ्जनी पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा, दीपक अधिकारी र कष्ण ढकालको सरुवा भएको छ ।
कुँवरको बारेमा बाहिर प्रश्न उठाइयो । तर एआईजीद्वय नारयणदत्त पौडेल, वंशी दाहाल, एआईजी बढुवाका प्रतिस्पर्धी डिआईजीद्वय गणेश ठाडा, कमल गिरीले प्रश्न उठाउने अवस्था थिएन । राजु अर्याल, दिपक थापाको ट्युनिङ मिलेको छ । सत्ताको नांगो हस्तक्षेपले फौजी समूहलाई असर गर्छ । संगठनको ऐन नियम र विधि तथा प्रक्रिया तोड्न हुँदैन भन्दै गृहमन्त्री समक्ष पुगेको स्वर सुन्न मन्त्री बाध्य भए । जुन समयमा सरकार विद्यालय शिक्षक, आवासीय चिकित्सक, निजामती कर्मचारी, सरकारको हेपाह शैलीबाट सर्वत्र घेराबन्दीमा थियो । नेपाल प्रहरीमा आईजीपी दिपक थापाले तल्लो तहदेखि रोकिएको बढुवा खुलाए । उपल्लो तह डिआईजी र एआईजीको बढुवामा संगठानिक संरचना बलियो, विश्वसनीय बनाउन सफल भएका छन् । आईजीपी थापाका ब्याजका एआईजी सुदिप गिरी र टेकबहाुदर तामाङ मात्र बाँकी भए । सात जना एआईजी बढुवामा प्रहरीबाट आएकाहरू नै छनोट भए, गुप्तचरबाट आएका सिद्धिबिक्रम शाह काँग्रेस निकट भएर पनि एआईजी भएनन् ।
प्रहरी र सशस्त्रमा हस्तक्षेपकारी जननी डा. आरजु राणा कााग्रेस सभापति शेरबहादुर देउवाका पिए भानु देउवाको जोड दिपेन्द्र कुँवरमा थन्कियो । अति भएपछि बढी प्रहार हुँदा देउवा दरबार मात्र होइन काँग्रेसका नेताहरू तर्किए । दुवै फौजमा यो लुकामारीले राम्रो सन्देश दियो । सुरक्षा फौजलाई सरकारले गर्ने परिचालनमा हस्तक्षेपकारी र पक्षपाती बनाउने प्रवृत्ति आलोचित छ । चैत १५ को प्रदर्शनमा सरकार सञ्चालकको हेलचेक्य्राइले दुःखद घटना घटाइएको हो । अपजस सुरक्षा फौजले सह्यो, उदण्डता पूर्व राजा ज्ञानेन्द्रको नाउमा भयो । अहिले ज्ञानेन्द्रका अनुयायीहरू बेपत्ता छन् ।


सम्बन्धित समाचार

वाम एकताका बाधक को ?

२०८२ बैशाख १६

ताजा नेपाल

निजी मेडिकल कलेज पोस्न सरकारको तयारी

२०८२ बैशाख १६

ताजा नेपाल