Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ताकाे नजरमा किन पर्थे महावीरहरू ?

विज्ञानले विश्व चल्छ । विज्ञानको अध्येता महावीर पुनले नेपाल सरकारलाई धेरै गुहारे । तर महावीरलाई सघाउँदा कमिशन आउँदैन । त्यही कारण हामी अग्रगामी, प्रगतिशिल भनेको माओवादीले पनि महावीर पुनलाई चिनेर वीरगञ्जमा कृषि औजार कारखाना जिम्मा लगाए । उनी जनजाति थिए । वर्गीयता उनको जनजाति नै थियो । तर माओवादीका जातिवादी नेता सुरेश आले मगरको नजर महावीर पुनमा परेन । त्रिभुवन विश्वविद्यालयमा बराल मगरको छोरा उपकुलपति बन्दा आफैं त्यो पदमा पुगेझैं उफ्रने सुरेश आले जस्तो नेता तनहुँले व्यहोर्नु पर्दा पार्टी ध्वस्त छ । श्रीराम ढकाल जस्ता परिवारवादी ब्यहोर्दा संघीय संसदमा तनहुँ रित्तो भयो । कुनै बेला माओवादीको तनहुँ क्षेत्र नं. १ र ३ कब्जा हुँदा काँग्रेसी गुण्डाराज र एमालेको जासुसी फण्डा क्षेत्र नं. २ मा पनि थर्कन्थ्यो । तर अहिले माओवादी एक्लै प्रतिस्पर्धा गर्दा जमानत बचाउन कठिन छ । कुरा यिनैका चर्का छन् । विचार र सिद्धान्त त्यागेर युरोपेली युनियनको हण्डीमा बाँचेका सुरेश आलेहरू आज के गर्दैछन् ? राष्ट्रियसभाको सांसद बनाउँदा आलेहरूले गाउँ डुल्नु परेन । किनकि प्रचण्ड प्रभुहरूको जय जय गरेकै भरमा सांसद हुनेहरूको जिल्ला कै धरातल हेरे पुग्छ । नेपालमा कम्युनिष्टहरू अब पतनको बाटोमा छन् । एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री छन् उनी आफूलाई कुलिन राजघराना भन्छन् कि सत्तामा पुग्दा रमाउँछन् वा आफू कानुन माथिका नेता भन्ठान्छन् । जहाँ हत्या र भ्रष्टाचारीको ढाकछोप नेताले गर्छन् । राजनीतिलाई व्यापार बनाउन सफल हुन्छन् । व्यापारीले बील नतिर्ने, गाँजाको खेती गर्न नदिने बच्चा पेटमा हुँदा देखिनै ऋण बोकाउने कम्युनिष्टको गणतन्त्रमा सुरेश आलेहरू चम्कने कहिलेसम्म हो ? नेपाल कुटनीतिक तहमा पूर्ण असफल भएको छ । जहाँ राजदूत भेट्न नेता र मन्त्री नै धाउँछन् । सहसचिवस्तरको विदेशको कर्मचारीको चाकडी गरेर सत्ता टिकाउने केपी र प्रचण्डको तागत जनताले देखे । भन्छन् यी नालयाक असफल पात्र हुन् । यिनले बनाएको सडक जब पानीपर्छ तब पोखरी बन्छ । यो प्रगति नै हो । गाउँमा रेल, शहरमा मेट्रोरेल, समुद्रमा पानी जहाजको टिकट काटेका धेरै छन् । विद्युतको महसुल नतिर्ने महाजन कति छन् ? जबकि ५२ अर्ब २४ करोड ९ वर्ष अघिदेखिको विद्युत महसुल उठाउन बाँकी छ । २ खर्ब भन्दा बढी राजश्व उठाउनु छ । तर प्रचण्ड सरकारले त्यसमा ध्यान दिएन । जनदबाव बड्दै जाँदा भुटानी शरणार्थी गिरि बन्धु, पशुपतिको जलारी, कैलालकीको जग्गा, बाल मन्दिरको जग्गा, टेरामक्स, स्वास्थ्य उपकरणमा राज्यले छानविनको फाइल खोज्दा सरकारनै ढल्यो । त्यही सरकारले ऊर्जामन्त्री साक्षी राखेर ८ अर्ब २६ करोड बक्यौदा नतिरी काटिएको लाइन जडान गरेको छ । एमाले र काँग्रेसलाई महावीरहरूको जरुरी छैन । जहाँ हामी अग्रगामी भन्ने माओवादीले चासो दिएन । किनकि कमिशन, भ्रष्टाचार, विचौलियाको पक्ष पोषण लिनले ०४९ सालदेखिनै गरेका हुन् । राष्ट्रघात र अपराधमा सोखिन यी दुई शक्तिलाई साथ दिने १० वर्ष युद्ध लडेकाहरूले तस्कर र बिचौलिय समाए हामी सोझै रक्तचन्दन र सुन तस्कर समाउँ भनेर जनयुद्ध लडेर आएका माओवादी खडा भए । यिनले सरकारी छाप लेटर प्याड पनि नक्कली बनाएर जनयुद्धको साँवा ब्याज उठाएर । तीनकै जातीवादी नेता भने विज्ञान र प्रविधिमा भन्दा जातमै जोड दिन्छन् । माओवादी पतन भएको कारण नै सुरेश आले मगरहरू ढोगी पन हो । जहाँ श्रीरामहरूको इच्छा शक्ति भनेको परिवारवाद भन्दा टाढा छैन । प्रभु नै छोरी ज्वाइँ प्रेमी भएपछि अरुको हविगत के हुन्छ ? त्यस कारण माओवादीले अरुको कुरा काट्नै पर्दैन । किनकि उसको काम गराई र नेताको हुर्मत लिने शैली, संस्कार र सिद्धान्त आज कसैलाई पच्दैन । माओवादीले संकट परेपछि सम्झने जनताले माओवादीको वर्तमान नेतृत्वलाई पत्याउनु छैन । एक पटक उज्यालो नेपाल बनाउँदैमा सधैं त्यसको ब्याज आउँदैन । साँघुरो सडक डा. बाबुरामले बढाए तर जस पाएनन् । जबकि त्यो बेला उनी माओवादी नै थिए । आज उनैलाई माओवादी पचेन । भ्रष्टाचार त्यहाँ बढेकै छन् ।
कृष्णबहादुर महरा चिनिए । जनार्दनको अनलाइनले चिनायो । तर काँग्रेसकी हर्ताकर्तासँग मिलेर अर्थमन्त्री बन्दा राजश्वका दर कटाएको कथा कति छ ? त्यसैले फुर्ति नलगाए हुन्छ । प्रचण्डको १८ महिने सत्ता जनताले भ्रष्टाचार र महंगी उपहार पायो । कुनै खाद्य वस्तुको भाउ घटेन । केपी ओलीले प्रम हुनासाथ आफ्नै लगानीकर्तालाई राज्यको रु ८ अर्ब २४ करोड मिनाहा गराउन खोज्दा विवादित छ । पहिले १४ अर्ब मिनाहा पाएका यी कथित ठगहरूलाई सामाजिक बहिष्कार गर्ने र गराउने आँट सुुरेश आलेहरूमा छ ? यिनको जनजातिले सडकमा प्रदर्शन गर्न सक्छन् ? एनसेलको १९ अर्बमा १३ अर्ब त्यो पनि किस्ताबन्दीमा मानिएकै छ । डलर आउँदैन नागरिक समाज मृत्यु शैयामा छ । यस्तो समयमा बोल्ने र काम गर्ने को हो ?