Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्तापक्ष नरम, प्रतिपक्ष आक्रामक, प्रचार अभियानमा एमाले अगाडि

काठमाडौं । जन सरोकारका विषय भन्दा उडन्ते भाषणमा रमाउँदै पूरा गर्न नसक्ने, मौका पाउँदा गुटको घेराबन्दीमा रमाउने तर बहुमत हामी ल्याउँछौं भन्ने घमण्डीहरूको शेषी झार्ने दिन मंसिर १५ सम्म आउने छ । सरकारपक्ष सुरक्षित छ, विपक्षी आक्रामक रुपमा आएको छ । प्रचार खर्च पनि विपक्षीले बढी गरेको छ । सरकार पक्षले सामूहिक प्रचार र सभा भेला गरे पनि एमाले जस्तो टिभीका स्क्रीन, अनलाइनका भित्ता, पत्रिकाका पानामा रमाएको छैन ।
एक्लै बहुमत ल्याउने दाबी गरेका एमाले अध्यक्ष केपी ओलीले राप्रपाका २ घटक र जसपाको साथ पाएका छन् । तर सत्ता गठबन्धन अपवित्र, ओलीको पवित्र भनिएको छ । जबकि राप्रपाको योजना राजा फर्काउनेछ । एमालेका अध्यक्षले त्यो शक्ति राष्ट्रवादी भनेका छन् । झापा, रुपन्देही, बाँके र मकवानपुरमा एमालेले सघाउने भन्दैछ । सत्ता गठबन्धनले रुपन्देहीका २ क्षेत्र छाडेको छ । एमालेका बागी घनश्याम भुसाल र राष्ट्रिय जनमुक्ति पार्टीले गठबन्धनको साथ पाएका छन् । ४१ महिनासम्म शासन गर्दा जनताको जीवनसँग जोडिएका काम नेकपाले गरेन । महामारीको अवसरमा पनि कमाउने जोडमा एमालेका मन्त्री लागेका थिए । पार्टी विभाजनको दोष जसलाई दिए पनि कारक भने केपी ओली र उनको गुट हो । नेपालका कम्युनिष्टहरू सत्ता सञ्चालनमा असफल हुन् भन्ने कुरा केन्द्र र छ वटा प्रदेशमा बनेका सरकारहरूले जनहितका काम भन्दा गुटको स्वार्थमा जोड दिएका कारण संविधान विपरित दुई पटक संसद भंग भयो । झण्डै २ तिहाइको बहुमत सरकार सञ्चालन गर्न विवेक, अहंकार र दम्बले ग्रस्त भयो । गुटबन्दीले पार्टी टुक्रिए । प्रदेश सरकार ढले । पदमा टिक्न प्रदेश प्रमुखहरू प्रयोग भए । केन्द्रमा राष्ट्रपतिले निष्पक्षता प्रदर्शन गर्ने रुचि देखाइनन् । बहुमतको सरकार गिराउने, पार्टी फुटाउनेलाई जनताले बहुमत दिन्छन् कि दण्ड त्यो १५ दिनपछि थाहा हुन्छ । पार्टीका एजेन्डा जनतासँग जोडिएका छन् । तर सरकारले नीति तथा कार्यक्रम ल्याउँदा घोषणापत्रलाई चासो दिएन । एमाले नेताहरू ३ पटक बजेट ल्याउँदा आफैंले लेखेका घोषणापत्र लत्याएको बिर्सन्छन् । अहिले समृद्धि र विकासका कुरा जति भने पनि ४१ महिनाले देखायो ।
सरकारवादी नेताहरू निकै नरम छन् । लामो समयसम्म तीनले उम्मेदवार भागवण्डामा बिताए । काँग्रेसमा बढी द्वन्द्व भयो । भाग पाउने र नपाउनेको लडाइँ थियो । तर स्वार्थ आफ्नै थियो । सभापति देउवाले आफू बलियो बन्ने गरी टिकट वितरण गर्दा महामन्त्री गगन थापा भावी प्रधानमन्त्रीको दाबी गर्न थालेका छन् । थापामात्रै होइनन्, प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. शशांक कोइरालाले प्रमको दाबी छाडेका छैनन् । कतै प्रमको दाबी गर्ने गगन थापालाई निर्वाचनमा काँग्रेसले नै असहयोग गर्ने अवस्था आउने त होइन शंका छ । प्रचारले मात्रै हुँदैन । डा. बाबुरामले नयाँ शक्ति घोषणा गर्दाको १४ करोड खर्चेर गरेको प्रचारले त्यो पार्टी कहाँ पुग्यो ? केपी ओली जस्ता वाकपटुता भएका नेताले बुझेका छैनन् । उनीसँग भएका नेताहरू उनलाई प्रभु मानेर स्वार्थ पूरा गर्छन् । नत नीति छ, नत कार्यक्रम छन् न त योजना ठिकढंगले लागू भए भ्रष्टहरू चम्केकै थिए । त्यस्तो पार्टीले कसरी ल्याउँछ बहुमत । अवसर त केपीले ४१ महिनासम्म पाएकै थिए । कम्युनिष्ट पार्टीको बदनाम भएकै हो । मौका पाउँदा काम नगर्ने विद्या सुन्दरकै कारण काठमाडौंमा बालेन प्रवेश गरेको ज्ञान एमाले नेताहरूमा छैन । एमाले नीतिगत ब्रम्हलुट चलाएकै हो । ठूल्ठूला ठेक्कामा नीतिगत लुट भएकै हो ।