Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्यमोहन जोशी अस्वस्थ

काठमाडौं । १०१ वर्षीय जोशीलाई शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएका छन् । सामान्य स्वास्थ्य समस्या देखिएको हो । चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको बताइएको छ । विहीबार बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतिले जोशी निवास भ्रमण गरेका थिए । प्रसाईंका अनुसार आगन्तुक आएपछि सत्यमोहनले जोशिलो भएर केहीबेर कुरा गरेका थिए । किष्ट मेडिकल कलेजले शताब्दी पुरूष र उनकी धर्मपत्नी राधादेवी जोशीको आजीवन स्वास्थ्य उपचार निःशुल्क गरिरहेको छ । मेडिकल कलेजले जोशीको घरमा नै पनि घरिघरि स्वास्थ्य टोली पठाइरहने गरेको छ । बिहान नै किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्राडा बालमानसिंह कार्कीले जोशीको स्वास्थ्यबारे जानकारी लिएका थिए ।