Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्र सहायकरथी यता उता

काठमाडौं । लकडाउन र कोरोना आतंकबीच मुलुक ठप्प रहेको बेला नेपाली सेनाले १७ सहायकरथीको सरूवा गरेको छ । सैनिक मुख्यालय स्रोतका अनुसार सरुवा भएका सहायकरथी अनुपजंग थापालाई विशेष फौज वाहिनीको जिम्मा दिइएको छ । यस्तै विष्णु रावत २६ बाहिनीको बाहिनीपति, नारायण सिलवाल स्टाफ कलेज र जोनसन खड्कालाई २८ बाहिनीको बाहिनीपतिको जिम्मेवारी दिइएको छ । सहायकरथी चोक बहादुर ढकाललाई सैनिक सामग्री निर्देशनालयमा पठाइएको छ भने दिनेश केसी १३ बाहिनी,टिकाराम गुरुङ राष्ट्रिय सेवा दल र प्रेम शाही नीति योजना निर्देशनालयमा सरुवा भएका छन् । विशेष फौज वाहिनीको वाहिनीपतिमा सरुवा भएका थापालाई सैनिक सहायकको समेत जिम्मेवारी दिने तयारी भएको बुझिएको छ ।