Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सनराइजको नयाँ शाखा फुङलिङमा

काठमाडौं। सनराइज बैंकले ताप्लेजुङ स्थित फुङलिङमा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले १ सय २९ औं शाखाका रुपमा फुङलिङ शाखाबाट कारोबार सुरु गरेको हो। फुङलिङ नगरपालिकाका मेयर क्षत्रपती प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा शाखा उद्घाटन गरेको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ। उद्घाटनपछि मेयर प्याकुरेलले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पुर्याउन बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए। प्रमुख जिल्ला अधिकारी निरौलाले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आर्थिक विकासलाई अझै प्रभावकारी बनाउन थप लगानी गर्नुपर्ने आवश्यता रहेको धारणा राखेका थिए। हालसम्म सनराइज बैंकले १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा एटिएम मार्फत सेवा दिइरहेको जनाएको छ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल