Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन् २०२७ एकदिवसीय विश्वकप छनोट प्लेअफ नेपालमा हुने

काठमाडौँ । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौँमा सञ्चालन हुनेछ।

प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी कुल आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस प्रतियोगिताबाट शीर्ष चारमा पर्ने टोली सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने ५० ओभरको विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन्।

६ टोलीको टुङ्गो लाग्यो

हालसम्म प्लेअफ खेल्ने आठमध्ये ६ टोलीको टुङ्गो लागिसकेको छ:

  • लिग-२ बाट: आयोजक नेपालसहित क्यानडा र यूएई लिग-२ को अन्तिम चारमा रहने पक्का भइसकेको छ।

  • च्यालेन्ज लिग ‘बी’ बाट: इटाली र युगान्डा प्लेअफमा पुगिसकेका छन्।

  • च्यालेन्ज लिग ‘ए’ बाट: जर्सी आउने पक्का भइसकेको छ भने कुवेतको स्थान लगभग निश्चित भए पनि आधिकारिक पुष्टि हुन बाँकी छ।

बाँकी दुई टोलीमध्ये लिग-२ बाट ओमान र नामिबियामध्ये एक टोली आउनेछन्, जसको अन्तिम टुङ्गो लाग्न बाँकी छ।

नेपाल र भारत ‘ए’ बिचको शृङ्खलाको तालिका फेरिने

विश्वकप छनोट प्लेअफ नेपालमै आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बिच डिसेम्बर ९, ११ र १३ का लागि तय भएको क्रिकेट शृङ्खलाको तालिका परिवर्तन हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको आपसी समन्वय र सहमतिमा शृङ्खलाको नयाँ तालिका छिट्टै तय गरी सार्वजनिक गरिनेछ।