Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जब मुलुकमा राजनीतिक सारगर्मी बढ्छ तब नेताहरु कुनै न कुनै बहानामा देश बाहिर जान्छन् र मेसो मिलाउने गर्छन् । अहिले यस्तै संयोग परेको छ । सत्तारुढ दल नेपाली कांग्रेसका शेरबहादुर देउवा थाइल्यान्ड जाँदैछ। परिवारसहित आज राति देउवा थाइल्याण्डको राजधानी बैंक प्रस्थान गर्ने कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले बताए। देउवासँग परराष्ट्रमन्त्री आरजु राणा र छोराबुहारी पनि साथ रहनेछन्। स्वास्थ्य उपचारको लागि सभापति देउवा थाइल्याण्ड जान लागेको उनले बताए। उनले भने, उहाँ स्वास्थ्य उपचारको लागि थाइल्याण्ड जान लाग्नुभएको हो। यो उहाँहरूको पारिवारिक हो। यो यहाँ कुनै राजनीतिक कार्यक्रम हुँदैन। सत्ता गठबन्धनभित्र असन्तुष्टि बढिरहेको बेलामा देउवा र उनकी पत्नी आरजु थाइल्यान्ड जानुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। एमालेसँगको सहकार्यको ९ महिनामै कांग्रेसभित्र केपी ओली सरकारप्रति असन्तुष्टि बढ्दैछ। सत्ता गठबन्धनमा असन्तुष्टि बढिरहेको बेलामा माओवादी केन्द्रले देउवा प्रधानमन्त्री बने आफूहरू सघाउन तयार रहेको बताउन थालेको छ। तर, मुख्यसचिव पौडेलले थाइल्याण्डमा देउवाको कुनै राजनीतिक भेटघाटको कार्यक्रम नभएको दाबी गरे।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल