Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सबैलाई प्रेम आले बन्न निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको गतिमा काम गर्न अन्य मन्त्री तथा मुख्यमन्त्रीहलाई निर्देशन दिएका छन् । नेकपा एस निकट अनेरास्ववियूले बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले मन्त्री प्रेम आलेको कामको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।
नेपालले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई समेत उपस्थित कार्यक्रममा अन्य मन्त्री र प्रदेश १ तथा वागमतीका मुख्यमन्त्रीले पनि आलेकै जस्तो क्षमता देखाउनुपर्ने बताए । सो कार्यक्रममा मन्त्री आले पनि रक्तदान गरेर सहभागी भएका थिए । नेपालले गठबन्धन भत्काउने प्रयास सफल नहुने बताए ।