Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभा छाडेर दुवै अध्यक्ष चितवनबाट राजधानी फिर्ता

काठमाडौं । विरोध सभालाई सम्बोधन गर्न चितवन पुगेका नेकपा बहुमत पक्षका अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल संसद पुनस्र्थापनापछि सभालाई सम्बोधन नगरी राजधानी फर्किउका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल चितवनको सभालाई सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । उनीहरु बुधबार विहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं उडेका हुन् । बुधबार चितवनमा हुने विरोधसभालाई सम्बोधन गर्न मंगलवार नै चितवन आएका बेला सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि उनीहरुले विरोध सभालाई विजयसभा बनाउने बताएका थिए । काठमाडौं पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले प्रचण्ड र नेपाल चितवनको सभालाई सम्वोधन नगरी काठमाडौं फर्किएको नेकपा चितवनले जनाएको छ । प्रचण्ड–माधव समूहले आज अपराह्न संसदीय दलको बैठक समेत आह्वान गरेको छ । त्यसअघि सो समूहले काठमाडौंको शान्तिवाटीकामा विजय सभा आयोजना गर्दै छ । प्रचण्ड र नेपालको अनुपस्थितिमा चितवनको सभालाई पूर्वमन्त्री सुरेन्द्र पाण्डेलगायतका नेताले सम्बोधन गर्नेछन् ।