Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने दुई सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने थुनिएपछि रास्वपामा नेतृत्वको सङ्कट पनि देखिएको छ। अहिलेसम्म लामिछानेले कुनै नेतालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छैनन् । तर, उपसभापति डोलप्रसाद अर्यालले पार्टी बैठकको अध्यक्षता गरिरहेका छन् भने अर्का उपपसभापति डा। स्वर्णिम वाग्लेत दलहरू र नागरिकसँग संवाद गर्ने भूमिकामा छन् । रविको हिरासत बसाइ लम्बिइरहँदा रास्वपाको आन्दोलन पनि करिब असफल भएको छ । एक सातासम्म पोखरामा आन्दोलन गरेको रास्वपालाई देशभरबाट आएका तीनदेखि चार हजार कार्यकर्ता पाल्न र थेग्नै मुस्किल भयो । एक सातामै पोखराको आन्दोलनलाई विश्राम दिएर नेताहरू काठमाडौंतिर लागे । काठमाडौंमा पनि केही दिन आन्दोलन चल्यो, तर अहिले सुस्ताएको छ । तिहारका कारण पनि रास्वपाका नेता(कार्यकर्ता तितरबितर भएका छन् । रास्वपाको आन्दोलन छठपछि सरेको छ। पोखरामा सामान्य धर्ना र भेलामा मात्रै गर्ने जनाउँदै रास्वपाले काठमाडौंको आन्दोलत रोकेको हो । नवउदीयमान शक्ति भनिएको पार्टीले अनुसन्धान तहकीकात निम्ति सभापति पक्राउ परेको मामिलामा उरालेको आन्दोलन थेग्न नसकेपछि रास्वपा दुई सातामै थाकेको टिप्पणी हुन थालेको छ । रविलाई प्रतिशोधबाट फसाइएको आरोप लगाउँदै रास्वपा शक्ति प्रदर्शन गर्न भन्दै सडकमा उत्रिएको थियो ।
आन्दोलन लम्बिँदै जाँदा दबाब महसुस गरेका रास्वपा नेताहरू अब विकल्पको खोजीमा लागेका छन् । रविलाई सकेसम्म हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढाउनुपर्ने राजनीतिक लबिइङ पनि नेताहरूले गरिरहेका छन् । रविविरुद्धको मुद्दा जिल्ला अदालत कास्कीमा पुगिसकेको अवस्थामा रास्वपा नेताहरू यो लबिइङले काम गर्लारनगर्ला, तर यस बीचमा दौडधूप भने चलिरहेको छ । रास्वपाका अघोषित कार्यवाहक सभापति अर्यालसहितका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भेटेको कुरा खुलिसकेको छ । प्रधानमन्त्रीले त भेटका क्रममा ‘मुद्दा अदालत गइसकेको अवस्थामा किन आएको रु’ भनेर तीतो पोखेको समाचार पनि बाहिरिएको छ । रास्वपाका अघोषित कार्यवाहक सभापति अर्यालले प्रधानमन्त्री र गृहमन्त्रीपछि परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग पनि भेट्न चाहेको स्वीकारेका छन् । उनले परराष्ट्रमन्त्रीका स्वकीय सचिवलाई भेटको समय मिलाइदिन भन्दै पठाएको भनिएको ह्वाट्सएप म्यासेज पनि अहिले चर्चामा छ । रास्वपाको टोलीले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकसँग रवि पक्राउपछि विकसित घटनाक्रम र जारी सडक आन्दोलतबारे छलफल नै गरेको छ । आफूहरूले सडक आन्दोलनबारे जानकारी दिन दुवै नेतासँग भेटेको अर्यालले स्वीकारेका छन् । अर्यालले आफू रास्वपाको नेतृत्व तहमा भएकाले सरकार मान्छेसँगको भेटलाई स्वाभाविक मान्नुपर्ने बताए ।
रास्वपा सरकारमा रहँदा अर्याल दुई पटकसम्म श्रममन्त्री भएका नेता हुन् । उनले परराष्ट्रमन्त्री राणासँग नेपालीको श्रम समस्या र श्रम मन्त्रालयले गर्न लागेको कामबारे खबरदारी गर्न भेट्न चाहेको बताएका छन् । तर, राणा बिरामी परेका कारण अहिलेहाल केही समयमात्रै मन्त्रालय आउँछिन् । त्यहीकारण उनीसँग भेटको समय मिल्न नसकेको अर्यालले बताए । समय मिलेपछि सचिवालयबाट जानकारी आउने आश पनि अर्यालले गरेका छन् । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल पनि हालै राजदूत सिफारिस भएकी छन् । यस्तो अवस्थामा सबै जानकारी परराष्ट्रमन्त्रीलाई हुन सक्ने कारण आफूले भेट्न चाहेको अर्यालको भनाइ छ । अहिले शरदसिंह भण्डारी श्रममन्त्री छन् । भण्डारीले मागपत्र प्रमाणित गर्ने गर्ने र ई(सेभेन भिसामा कानुनबाहिर गएर निर्णय गर्न लागेको कुरा आएका अर्यालले बताए । परराष्ट्रमन्त्रीलाई भेट्न चाहेको म्यासेज अर्यालले मन्त्रीका स्वकीय कमल रावललाई पठाएका थिए । उक्त म्यासेजको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल छ । अर्यालका अनुसार त्यो म्यासेज भएको फोटो कसैले भाइरल गरेका हुन् । उनले त्यसविरुद्ध कानूनी प्रक्रियामा जाने खबरहबलाई बताए । रास्वपाको जुनसुकै गतिविधिमा सभापति रवि लामिछानेको हिरासत बसाइलाई जोड्न नहुने अर्यालले बताए ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल