Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । सभामुख पद स्वतन्त्र होस् भनेर आफू निर्वाचित पार्टीका कुनै पनि कमिटीमा नरहने व्यवस्था भए पनि पार्टीप्रतिको आस्था त कायमै रहन्छ । यतिबेला माओवादीबाट संघीय संसदको सदस्य बनेका अग्नि सापकोटाको भूमिकालाई लिएर एमाले आगो बनेको छ । पार्टीले कारबाहीका लागि सिफारिश गरेका १४ जना सांसदहरुलाई कारबाही गरेको सूचना नआएपछि एमालेका नेताहरु सभामुखको खोजीखन्तरमा लागेका छन् । बिहीबार एक हुल नेताले चेतावनी दिएपछि शुक्रबार अर्को हुलको सामना गर्नुपर्ने देखेपछि सभामुख कार्यकक्षमै उपस्थिति भएनन् ।
माधव नेपाललाई साथ नदिएका एकथरी नेताहरूले पार्टी एकताका लागि दबाब बढाइरहेको बेला ओली निकट नेताहरू भने जसरी पनि सांसदबाट कारवाही गराउन सक्रिय भएका छन् । ओली निकट नेताहरू दिनहुँ सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर माधव नेपाललगायत यसअघि पार्टीले हटाएका १४ जना सांसदलाई पदमुक्त गर्न दबाब दिइरहेका छन् । बिहीबार मुख्य सचेतक विशाल भट्टराई लगायतका नेताहरूले सभामुख सापकोटालाई भेटेका थिए । शुक्रबार सचेतक शान्ता चौधरी, पूर्वमन्त्रीहरू खगराज अधिकारी, गोकुल बाँस्कोटा, लालबाबु पण्डित लगायतका नेताहरू सभामुखको कार्यकक्षमा पुगेका थिए ।
विभाजन गर्ने निर्णयबाट असन्तुष्ट नेपाल समूहका नेताहरूले बिहीबार विगतमा भएको १० बुँदे सहमति कार्यान्वयनमा जोड दिदै वक्तव्य समेत जारी गरेका थिए । उनीहरूले ओली र नेपाल दुबै पक्ष आफ्ना अडानबाट पछि हट्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । तेस्रो धारका नेताहरूले एकताका लागि १४ जना सांसदलाई गरेको कारवाही पनि रोक्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । ओली समूहका नेताहरू भने छिटो कारबाही गराउन जोडबल गरिरहेका बेला नेपाल पक्षकै केही सांसदहरूले यसअघि नै कारबाही रोक्नका लागि सभामुखलाई पत्र दिइसकेका छन् । जबकि माधव नेपालकै सजिलोका लागि सरकारले २० प्रतिशत थ्रेसहोल्ड राखेर अध्यादेश ल्याएको छ ।
यो अध्यादेशअनुसार माधव पक्षको पक्षमा रहेका सांसदहरुको पद खोस्न कानुनी आधार एमालेलाई देखिँदैन । देउवा सरकार संविधानको धारा ७६ (५) अनुसार गठन भएका कारण त्यो अवस्थामा उनलाई साथ दिएकै अभियोगमा सांसद पद खोस्न नमिल्ने घोषणा सर्वोच्च अदालतलको फैसलाले गरिसकेको छ ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल