Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभामुखले राजीनामा दिनु बाहेक अरु बिकल्प छैन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल विभाजनको कारण बनेको आरोप लगाउँदै गल्ती सच्याउने कि राजीनामा दिनेबाहेकमा पछाडि नहट्ने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले सदनलाई चलायमान बनाउने आफूहरुको चाहना भएपनि सभामुख स्वयं दल विभाजनकारी गतिविधिमा लागेको ले कडा रुपमा प्रस्तुत हुन वाध्य भएको बताए ।

“सभामुख स्वयम् एउटा दल विभाजनकारी गतिविधिमा लाग्नुभयो, नेकपा एमाले विभाजनको मुख्य कारण बन्नुभयो,” ज्ञवालीले भने,“सभामुखले गल्ती सच्याउनुपर्‍यो कि बाटो छाड्नुपर्‍यो ।

सभामुख सापकोटाको भूमिकाबारे प्रश्न गर्दै भने, उहाँले दोहोरो भुमिका खेल्न लाग्नु भो । जसपाले सरीता गिरिलाई कारवाही गरेको सुचना उहाँले २४ घन्टामा टास्नुभो । माओवादी केन्द्रले टोपबहादुर रायमाझी लगायतका नेता, सांसदहरुलाई गरेको कारवाही ४८ घण्टामा टास्नुभो तर नेकपा एमालेले गरेका कारवाही गरेको लिस्टलाई उहाँले सिरानीमुनि राख्नु भो ।

ज्ञवालीले एमाले विभाजनको मुख्य कारण नै सभामुख अग्नि सापकोटा भएको आरोप लगाउँदै गल्ती सच्याउने या राजीनामा दिनेबाहेकमा सम्झौता नहुने बताए ।

संसदको अवरोध चाडो अन्त्य होस भन्ने एमालेले पनि चाहेको भन्दै उनले संसद खुल्नलाई सभामुखले आफ्नो गल्ती सच्याउनु पर्ने धारणा राखे ।

उनले भने, कि त उहाँले आफ्नो गल्ती सच्याउनुपर्छ, कि त उहाँले बाटो छाड्नुपर्छ ।

प्रधानमन्त्री देउवा तथा नेपाली कांग्रेसलाई प्रतिपक्षका आवाजलाई सुन्दै नुसुनिकन मुलुकको शासन व्यवस्था नचल्ने बताए ।

ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा सोचेजति काम गर्न नसकेको भन्दै असफल भएको टिप्पणी गरे । देउवा नेतृत्वको सरकारको ६ महिनामा पुँजीगत खर्चको ८ प्रतिशत पनि खर्च हुन नसकेको भन्दै उनले मुलुकको सबै क्षेत्रहरु अस्तब्यस्त जस्तै भएको बताए ।

सर्वोच्च अदालतको परमादेशले सरकार बनेको भन्दै यसको मूल्य अहिले सिंगो मुलुकले चुकाउन पर्ने अवस्था आएको जिकिर गरे । उनले भने, असार २८ गतेको अदालतको परमादेशले बनेको सरकारको मुल्य अहिले सिंगो मुलुकले चुकाउन परेको अहिलेको अवस्था रहेको छ । सरकार कतिसम्म निकम्मा देखियो भने १ करोड भन्दा बढी खोप स्टोरमा छ, सरकार खोप लगाउन सक्दैन् ।”

लिपुलेक, लिपियाधुरा, कालापानी जस्ता नेपाली भूभागहरु वार्ता गरेर नेपालको भोगचलनमा ल्याउन पर्ने भन्दै उनले त्यहाँ भइरहेका गतिविधि रोक्न सरकारले सामान्य पत्राचार गर्न नसकेको बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठन हुनुभन्दा अगाडी ‘कम्र्फटेबल सरकार’ बनाउने बताएको स्मरण गराउँदै ज्ञवालीले भने, नेपाली लागि नभई बाहिरी मुलुकको लागि कन्र्फटेबल बनाउन खोज्नु भएको रहेछ भनेर अहिले प्रमाणित भयो ।

जयसिंह धामी बेपत्ता हुँदा, नेपाली भुभागमाथि अवैध ड्रोन उडाउँदा, संरचनाहरु एकतर्फीरुपबाट निर्माण हुँदा बोल्न नसक्दा सरकार गैह्रजिम्मेवार ढंगले अगाडि बढिरहेको भन्दै त्यसप्रति आपत्ति जनाए । सरकारले देशको सिमाको बारेमा बोल्न नसकेको भन्दै आपत्ती जनाए । सरकारले सीमाबारे दृढतापुर्वक भारतसँग कुरा गर्नपर्नेमा जोड दिए ।


सम्बन्धित समाचार