Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समय भेड्किदा नेताहरु कुदाकुद

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीच बूढानीलकण्ठकै चपली हाइटमा वार्ता चलिरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै सकिने भएकाले यसबारे छलफल गर्न प्रचण्ड देउवा निवासमा पुगेका हुन् । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल जसपाको महन्थ ठाकुर पक्षबीच आजै भएको वार्ता विफल भएको छ । वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गरेका हुन् ।

देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने बताएका थिए । जसपा नेपालले राखेको माग कहीँबाट पुरा नहुने देखेर आफूहरु तटस्थ बस्ने निर्णय गरेको कारण सत्ता समीकरणमा जसपाको कुनै भूमिका नरहने उनले स्पष्ट पारेको स्रोतले जनाएको छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार जसपा नेपालका अध्यक्ष ठाकुरलाई सरकार निर्माणमा सहयोग गर्न आग्रह गरिएको र उनले पार्टीमा छलफल गरेर जवाफ दिने भनेका छन् ।

जसपा नेपालले राखेको माग पुरा गर्न आफूहरु तयार रहेको र त्यसका लागि मिलेर सरकार बनाउन देउवाको प्रस्ताव गरेको उनको भनाइ छ । स्रोतका अनुसार देउवाले यस्तो प्रस्ताव राखेपछि अध्यक्ष ठाकुरले भने यस्तो कुरा आफूहरुले वर्षौदेखि सुन्दै आइरहेको हुनाले माग पूरा हुनेमा आफूहरुलाई कुनै विश्वास नरहेको जवाफ फर्काएका थिए । ठाकुर भारतको निर्देशन बिना कुनै निर्णय गर्न नसक्ने नेता हुन् । भारतले ओली सरकारलाई साथ दिदा सम्म नेपालमा अन्य दलको सरकार बन्ने छाट देखिदैन ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल