Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समाजवादीमा विद्रोहको तयारी, माधवविरुद्ध को को मैदानमा ?

काठमाडौं । एमालेबाट विद्रोह गरेर एक वर्षअघि गठन भएको एकीकृत समाजवादीमा पनि मन्त्रीका विषयमा भाँडभैलो शुरु हुँदा पार्टी विभाजनको संघारमा पुगेको छ । पार्टीबाट मन्त्री बनेकाहरुले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा स्वाभाविक मान्न नसकिने बताएका छन् । उनीहरुले आफूहरुलाई पटक–पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि पनि जनाएका छन् । आठ बुँदे ध्यानाकर्षण पत्रमा मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ र ६ जना सांसदको हस्ताक्षर छ । अध्यक्ष माधव कुमार नेपालले यसअघि नै अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेर पठाएका थिए । तर बजेट अधिवेशन चलिरहेको र मन्त्रीहरुले जवाफ दिनुपर्ने भन्दै तत्कालका लागि मन्त्री हेरफेरको गृहकार्य स्थगित गरिएको थियो । बजेट पारित भइसकेपछि फेरि पनि अध्यक्ष नेपालले मन्त्री हेरफेरको गर्नुपर्ने बताएपछि एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरु रुष्ट छन् ।
उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजै–भोलि मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न ।