Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक प्रतिशोधको माध्यमका रूपमा प्रयोग नगरेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सम्पत्ति शुद्धीकरणलाई राजनीतिक उद्देश्य पूरा गर्ने हतियार बनाइए नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिरिन नसक्ने चेतावनी दिए।
उनले सम्पत्ति शुद्धीकरणको विषयलाई निष्पक्ष र व्यावसायिक ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै पूर्वाग्रहका आधारमा कसैमाथि कारबाही गर्ने नीति सरकारले नलिएको स्पष्ट पारे।
मन्त्री वाग्लेले विगतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी संयन्त्रको दुरुपयोग भएको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहँदा राजनीतिक प्रतिशोधका लागि उजुरी संकलन गरी राज्य संयन्त्रको दुरुपयोग गरिएको बताए।
उनले अहिले उक्त अभ्यासलाई सुधार गर्दै सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालयअन्तर्गत सञ्चालन गरिएको जानकारी दिए। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्र गर्ने भन्ने धारणा गलत रहेको उल्लेख गर्दै यसका लागि छुट्टै कानुनी र संस्थागत व्यवस्था रहेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पारदर्शी, निष्पक्ष र व्यावसायिक प्रणालीमार्फत सम्पत्ति शुद्धीकरण नियन्त्रणलाई प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको बताए।
२०८३ असार १९
ताजा नेपाल
२०८३ असार १९
ताजा नेपाल
२०८३ असार १९
ताजा नेपाल