Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सम्पर्क विहीन इन्स्पेक्टरको जागिर गयो

काठमाडौँ । जानकारी नदिई लामो समयसम्म कार्यालयमा उपस्थित नभएको आरोपमा गृह मन्त्रालयले एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई बर्खास्त गरेको छ । नर्सिङ इन्चार्जका रुपमा प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत इन्स्पेक्टर लक्ष्मी थापालाई गृह मन्त्रालयले सेवाबाट हटाएको हो ।
प्रहरीका अनुसार गत पुस २३ गतेदेखि एक महिना घर बिदामा बसेकी उनी त्यसयता सम्पर्कविहीन भएपछि उनलाई सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सूचना समेत प्रकाशित गरेको थियो । उनले कुनै जवाफ नदिएपछि अघिल्लो साता सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल