Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सम्पादक श्रेष्ठ विषेश अदालत हाजिर हुँदै

काठमाडौं । समाचारको विषयलाई लिएर बयानका निम्ति बोलाइएका दृष्टि न्युजका सम्पादक शम्भु श्रेष्ठ विशेष अदालतमा हाजिर हुँदैछन् । कानुन व्यवसायीसहित बिहीबार बिहान १० बजे आफू उपस्थित हुने श्रेष्ठले बताए । उनले भने, यो पूर्वाग्रह हो, तर सम्मानित अदालतको कानुनी प्रक्रियामा प्रवेश गर्नु नागरिकको दायित्व भएकोले हाजिर हुन्छु । नवराज सापकोटा सहित दृष्टि न्यून अनलाइनलाई प्रतिवादी बनाएर विशेष अदालतमा दायर भएको मुद्दामा विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवरसहितको पूर्ण इजलासले श्रेष्ठसहितका पत्रकारलाई बयानका निम्ति हाजिर हुन आदेश दिएको थियो ।
दृष्टि न्यूज अनलाइनमा आइतबार ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेङिका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर रिट दायर भएको थियो । विशेष अदालतको पूर्ण इजलासले अनलाइनका सम्पादक श्रेष्ठ, एमपी सुब्बा र उक्त समाचार लेख्ने संवाददातालाई ३ दिनभित्र स्वयं अदालतमा बयानका लागि उपस्थित हुन आदेश दिएको थियो ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल