Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकार गठनको सात दिने समयसीमा सकिंदै

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आज सकिंदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउन दलहरुलाई पुस १० गतेसम्मको समयसिमा दिएकी थिइन् । उक्त समयसिमा आइतबार अपरान्ह ५ बजे सकिन लागेपनि दलहरुले सहमति जुटाउन सकेका छैनन् । वर्तमान सत्ता गठबन्धनले नै सरकार बनाउने कसरत गरे पनि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालको दाबीले सहमति हुन सकेको छैन । यही विषयमा छलफल गर्न अहिले विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठबन्धनको बैठक बस्दैछ ।आलोपालो प्रधानमन्त्री हुँदा पहिलो प्रधानमन्त्री आफु हुनुपर्ने दुवै नेताको अडान रहेको छ ।