Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारको निर्णयप्रति काँग्रेस आगो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातैवटै प्रदेशका प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
सरकारको सिफारिस अनुसार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रमुख पदमुक्त गरेको विषय सार्वजनिक भएपछि कांग्रेसले आपत्ति जनाएको हो ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश प्रमुख पदमुक्त गर्ने सम्बन्धमा सरकारले पूर्वाग्रही निर्णय गरेको बताए । सरकारले अपरिपक्व र पूर्वाग्रही निर्णय गर्‍यो, निधिले भने, अहिलेकै अवस्थामा प्रदेश प्रमुखलाई पदमुक्त गर्नुपर्ने राजनीतिक आवश्यकता थिएन ।
प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने समयमा सरकारले प्रदेश प्रमुख हटाएर गलत काम गरेको निधिको टिप्पणी छ । संघीयतालाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा सरकारले प्रदेश प्रमुख नै हटाएर गल्ती गरेको छ, निधिले भने, सरकारको यो निर्णय अपरिपक्व, घोर पूर्वाग्रही र असंवैधानिक छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सिफारिसका आधारमा ७ वटै प्रदेशका प्रमुख नियुक्त भएका थिए ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल