Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारको सम्पर्कमा आयो ट्विटर

काठमाडौं । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) सरकारको सम्पर्कमा आएको छ । ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सञ्चार मन्त्रालयमा आधिकारिक पत्राचार गरिएको हो । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ट्विटरबाट आज इमेल प्राप्त भएको पुष्टि गरे । ठाकुरका अनुसार सिंगापुरबाट मार्कको नाममा आएको इमेलमा दर्ता प्रक्रिया र आवश्यक डकुमेन्टका बारेमा सोधिएको थियो । इमेल प्राप्त हुनासाथ जवाफ पठाइसकिएको उनले जानकारी दिए । हामीले आवश्यक डकुमेन्टको विवरणसहित जवाफ पठाइसकेका छौं, उनले भने । डकुमेन्ट प्राप्त भए लगत्तै आफूहरूले तत्काल सूचीकरण गर्ने उनको भनाइ छ । फेसबुकबाट भने आधिकारिकरुपमा कुनै पनि पत्राचार नभएको ठाकुरले जानकारी दिए । फेसबुकले व्यक्तिगत तवरमा कसैसँग सम्पर्क गर्‍यो होला, तर आधिकारिरुपमा हामीलाई केही पनि आएको छैन, उनले भने । नेपालकै प्लेटफर्म हाम्रो पात्रोले दर्ताका लागि सबै डकुमेन्टहरू हिजो उपलब्ध गराएको छ । यसबाहेक अन्य सामाजिक सञ्जाल सम्पर्कमा आएका छैनन् ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल