Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारलाई विश्वासको मत दिएकोमा रन्किए शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्ष चुनावअघिदेखिनै गठबन्धनको विपक्षमा थियो । भलै गठबन्धन टुटेकोमा शेखर समूह भित्रभित्रै खुशी नै रहेको बेला फेरि वर्तमान सरकारलाई कााग्रेसले दिएको विश्वासको मतलाई सो समूहले पार्टीको गलत निर्णय भनेको छ । अनुपम फुडल्याण्डमा जारी संस्थापनइतर समूहको बैठकमा कोइरालाले बहुमतको निर्णय मान्नुपर्ने बाध्यता आइपरेको बताए । ‘हामीले विश्वासको मत दिएर गल्ती गर्‍यौं । मैले कार्यसम्पादनमा तठस्थ बस्ने प्रस्ताव राखेको थिएँ सुनुवाइ भएन । बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्‍यो । विश्वासको मत दिन हुन्थेन, कोइरालाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा एमाले नेतृत्वको गठबन्धन बनेसँगै फेरिएको राजनीतिक कोर्ष, आसन्न केन्द्रीय समिति बैठक, राष्ट्रपति(उपराष्ट्रपति चुनाव र रणनीतिबारे छलफल भइरहेको छ । केन्द्रीय कार्यसम्पादन समितिको पुस २६ को बैठकमा प्रधानमन्त्री प्रचण्डलाई बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुनसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले फरक मत राखेका थिए । सरकारलाई विश्वासको मत दिएर यो परिस्थितिमा पार्टीले प्रतिपक्षको गहन भूमिका निर्वाह गर्न नसक्ने र नैतिक धरातल पनि नरहने उनीहरूको धारणा थियो ।