Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारले अनुसन्धानमा वरिष्ठ नै रोज्ने

काठमाडौं । राजनीतिक पहुँच र दौडधूप भन्दा सधैं जेष्ठता र वरिष्ठतालाई ध्यान दिइने मुलुकको सूचना संवेदनशीलतामा गनिने राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा आजको १४ दिनपछि को आउला ? त्यहाँ अतिरिक्त अनुसन्धान निर्देशक २ जना छन् । सरकारले वरिष्ठताकै आधारमा हुतराज थापा र ओमजोशीलाई साउन २६ गते एआईजी पदमा बढुवा गरेको हो ।
अनुसन्धान विभागको कार्यक्षमता र क्रियाशीलतानै देशको संवेदनशीलतासँग जोडिन्छ । कतिपय सूचनाले राष्ट्रको हित सार्वभौम अखण्डतालाई जोगाउँछन् । राष्ट्रिय अनुसन्धान विभागलाई समय अनुकुल बनाउनका लागि पनि कार्यक्षमता योग्यता भएका अधिकृतले नेतृत्व पाउनुपर्दछ । दलका नेताका अन्तरविरोध र स्वार्थलाई सम्बन्धित पक्षले व्यवस्थापन गर्नुपर्दछ । फौजी समूह दलीय भागवण्डासँग जोड्न हुँदैन । विभागलाई वरिष्ठले नै नेतृत्व गर्नुपर्छ त्यो परम्परा यद्यपी छ । अनुसन्धानमा काँग्रेस, माओवादी, एमाले भन्न थालियो भने संस्थागत औचित्य सकियो । गोप्य सूचनाको पहुँचमा त्यो संस्था छ । दलीय स्वभाव आफ्नो खोज्ने हुन्छ । तर सरकारको नीतिमा चल्ने निर्देशन मान्ने फौजलाई दलीय रंग दिएर गिजोल्ने काम गर्नु हुन्न ।
हिजोदेखि विभागका ५ जना अनुसन्धान निर्देशक पद खाली भएका छन् । कुलदेव थापा, हुतराज थापा, ओम जोशी, अतिरित्त अनुसन्धन निर्देशक भए । कुलदेवले अवकाश पाइसके । हिजो सुनिल ढकाल, हरिहरि पौडेलले अवकाश पाएपछि ५ पद रिक्त भएका हुन् । ती पद पाउन इन्द्र लामा, माधव तिमिल्सिना, भीम बुढाथोकी, किशोर श्रेष्ठ, राजन उप्रेती, ब्रजेश हमालदौडधूपमा छन् ।