Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारले घामट र अहंकारकीको हुर्मत लियो

काठमाडौं । जनताले साथ दिँदा मौकाको सदुपयोग गर्नु सट्टा आफैं महाराज बनेका एमाले अध्यक्ष केपी ओलीको अहंकारले पैदा गरेको जनशक्ति आज सरकारमा पुगेको छ । सिद्धान्त नीति कार्य योजना नभएको व्यवस्थापकीय दृष्टिले पूर्ण अराजक प्रवृत्तिबाट ग्रस्त हुँदा हुँदै बालेन्द्र सरकारको सय दिने यात्राको प्रशंसा र विरोध शुरु भएको छ । संसदीय व्यवस्थाको गरिमा बचाउने भन्दा भत्काउने वरिष्ठता जेष्ठताको रोलक्रम मिच्ने न्यायपालिकाबाट शुरु गरेर त्रिभुवन विश्वविद्यालय, शिक्षण क्षेत्र कुटनीतिक प्रशासन र फौजी संगठन, प्रेस जगत जस्ता अविछिन्न संस्थाहरूलाई आतंकित बनाएको छ । जान्नेलाई छान्ने घोषणाबाट प्रफुल्ल भएको रास्वपाको पार्टी जीवन भने लोकतन्त्तको अंश अंशमा प्रश्न उठीसकेको छ । सरकारका सय दिन घमण्डी र दम्बी चरित्रका धनी महाजनमाथि प्रहार गरेर चर्चामा पुग्यो । आज सरकारपक्ष प्रगतिमात्र खोजदैछ भने विपक्ष सरकारको आलोचना र विरोधमा उत्रिएको छ । संसदमा जनताका आवाजलाई चासो नदिने परिपाटी चल्दैछ । सरकारले प्रशासनिक सुधारका काम गरेको छ । कैयौं कानुनी अधिकार खोसिएका छन् । दलीयताको शिरपेच बिनाको नियुक्ति हुँदैन । राज्य श्रोत कुम्ल्याएर आफ्नो स्वार्थमा रमाएका पात्रहरू आतंकित हुन् । अर्थमन्त्री बन्दा कुनै पनि परियोजनामा बजेट पार्न अर्थमन्त्रीलाई पटक पटक गरी ३० प्रतिशत घुस दिनु पर्ने व्यवस्था संघमा एमाले उपाध्यक्ष विष्णु पौडेलले बागमती प्रदेशमा काँग्रेसका कुन्दनराज काफ्लेले गरेकै थिए । एमाले काँग्रेस भनेका यो देशको कुल बलेटबाट ३० प्रतिशत विकास खर्च कुम्ल्याउन सफल छन् भन्ने देखियो ।
रास्वपाका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बजेट साउनबाट कार्यान्वयनमा आउला । आज बजेट सक्न रातारात भौतिक पूर्वाधारको निर्माण हुँदैछ । समयमा काम नगर्ने बेला बितेपछि हतारिने र खर्चमा लापरबाही गर्ने चलन पनि जागेको छ । प्रदेश र स्थानीय तहमा तिनकै छन् । रास्वपाले समेत त्यो खर्च रोकेन । जान्नेलाई छान्ने भने पनि लुट्ने बानी परेकाहरूलाई निर्णय गर्न सरकाले सकेन । मन्त्रीहरूकै सम्पत्ती उदेक लाग्दो देखियो । लाज तिनलाई छैन । रास्वपाको पक्षमा प्राप्त जनमतले पुराना शक्तिलाई आन्तरिक संघर्ष चर्काइदिएको छ । नेकपा एमालेको ३ कार्यकाल अध्यक्ष पदमा बसेर आपूmले बाहेक अरुले संगठनका बारेमा लगेका कुनै प्रस्ताव स्वीकार्न नसक्ने अहंकारमा केपी ओली जाग्दा पार्टी कता पुग्यो ऐनमा मुहार हेर्ने आँट पनि छैन । काँग्रेस भत्केको छ । संस्थापन विरुद्ध डा. शेखर समूह र देउवा समूह पनि एक ठाउँमा छैनन् । नेकपा समाजवादी हिजोको माओवादीमा पनि नेता र नेतृत्वकै विवाद छ । विशेष महाधिवेशनको तयारी गरीरहेको यो जमात एमालेको ओली गुटसँग मिल्ने हतार गर्दैछ । नेताको पदको रक्षा गर्नकै लागि नेकाको एकता जरुरी छैन । तर पनि छटपटी एकताकै विषयमा छ । आफ्नो पार्टीको संस्थागत सुधार गर्न नसक्ने पार्टी एकता प्रक्रियामा आएकाहरूबीचमा विश्वासीलो आधार तयार नगर्ने नेतालाई पद बाँडेपछि अरुलाई पद विभाजनमा हतार नगर्नेहरूलाई चुनावले दिएको सजायँको समिक्षा छैन । पार्टी एकता भनेको छ कुनै चासो जनताको सेवामा छैन । प्रचण्डलाई पद जोगाउनकै चिन्ता छ, माधवलाई छटपटी छ । सरकारका सय दिन उपलब्धीपूर्ण छन् भन्नेले भ्रष्टाचारको छानविनलाई नै जोड दिएको छ । शेयर काण्डसँग जोडिएका दिपक भट्ट, सुलभ अग्रवाल, विष्णु पौडेलहरू सम्पत्ति सुद्धिकरणसँग जोडिएका हुन् । अकुत सम्पत्ति त केपी ओली डा. आरजु राणाको पनि छ । हिजोका ढाक्रेहरूले राज्यकै दोहन गरेका कारण आज अजम्बरी भएका हुन् । गणतन्त्र, संघीयता, समावेशीता जस्ता विशेष मुद्दालाई थान्को लगाएर यिनले पनि जनताको हितमा केही गरेका थिएनन् । कालो बजार नीतिगत लुट उस्तै थियो । ओली शासनले चलाएको राज्य दोहन, आजको रास्वपाको दुई तिहाई हो । ओलीको दुई तिहाईका किटाणु बालेन्द्रको दुई तिहाइले नष्ट गर्न चलाएका कदमबाट तिनै आतंकित छन् जो हिजो राज्य दोहनमा सरिक थिए ।