Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारले त्रिविको उपकूलपतिमा असक्षम व्यक्ति नियुक्त गर्न लागेको ओलीको आरोप

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा असक्षम व्यक्तिलाई नियुक्त गर्न लागेको आरोप लगाएका छन् । सोमबारराजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले त्रिविको उपकूलपतिमा असक्षम व्यक्तिलाई नियुक्त गर्ने तयारी गरेको बताएका हुन् । अध्यक्ष ओलीले सरकारले तेस्रो नम्बरमा रहेको व्यक्तिलाई प्राथमिकतामा राखेर नियुक्त गर्न लागेको समेत टिप्पणी गरे । सरकारले उपकूलपतिमा गलत व्यक्तिहरुलाई सिफारिस गरेको उनको दाबी छ । सिफारिस समितिले त्रिविको उपकूलपतिमा प्रा डा चित्रबहादुर बुढाथोकी, प्रा।डा। केशरजंग बराल र प्रा डा टंकनाथ धमलाको नाम सिफारिस गरेको छ ।