Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । उपभोक्तालाई म्याद गुज्रिएको घिउ बिक्री गरेको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूग्ध विकास संस्थान (डीडीसी) सँग स्पष्टीकरण माग गरेको छ । घटनाबारे यथार्थ विवरण मन्त्रालयलाई पेश गर्न डीडीसीलाई चार दिनको समय दिइएको मन्त्रालयले जनाएको छ । म्याद सकिएको बटर बिक्री प्रकरणमा डीडीसीलाई स्पष्टीकरण सोधिएको मन्त्रालयका पशुपन्छी विकास सचिव डा. कृष्णप्रसाद आचार्यले बताएका छन् । डीडीसीको लिखित जवाफपछि बटर प्रकरणमा मन्त्रालयको धारणा सार्वजनिक गरिने पनि उनले बताए । जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले यसलाई मन्त्रालयले गंभिर ढंगले लिएको पनि सचिव आचार्यले बताए । बटर प्रकरणमा मन्त्रालयले डीडीसीसँग स्पष्टीकरण माग गरेको डीडीसीका उपमहाप्रबन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल