Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने

काठमाडौं । सरकारमा रहेका बेला एमसीसीको पक्षमा खुलेको एमाले विपक्षमा पुगेपछि द्वेध चरित्रमा देखिएको छ । सत्ता गठबन्धन भत्काउन पाए एमसीसी ठिक नपाए बेठिक भन्ने रणनीति लिएको एमाले संसदमा पनि रमिता प्रदर्शन गरिरहेको छ । संसद्को जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा साझा धारणा बनाउन आज सर्वदलीय बैठक बोलाईएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल हुने जनाईएको छ । पुस ६ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा एमालेलाई अवरोध नगर्न आजको बैठकबाट आग्रह गर्ने तयारी रहेपनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ । एमालेले असोज १४ गते बोलाएको सर्वदलीय बैठक पनि बहिष्कार गरेको थियो ।
शुक्रबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको थियो । उक्त भेटवार्तामा संसद् बैठक चालु गर्न र एमसीसीको बारेमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउन सहमति भएको स्रोतले जनाएको छ । एमालेले भने प्रधामन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने यसअघिको अडान कायमै राखेपछि साझा धारणा बनाउने प्रयास भने बैठक अघि नै अनिश्चित देखिएको छ ।
गत भदौ २९ गते सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो । आफ्नो दलले कारबाही गरेका १४ सांसदको सूचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेका कारण रुष्ट बनेको एमालेले प्रतिनिधिसभाको नवौं अधिवेशनदेखि बैठक अवरुद्ध गर्दै आएको छ । गत मंसिर २८ गतेदेखि शुरू भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले अवरोध गरेको छ ।