Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वसम्मत अध्यक्ष बन्ने ओलीको योजना असफल हुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अर्को कार्यकाल अध्यक्ष बनाउन आयोजना गरिएको एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व छनोटको विषयमा पदाधिकारीहरुसँग अनौपचारिक रुपमा छलफल सुरु गरेका छन् । अध्यक्ष ओलीको चाहना छ आफू सर्वसम्मत अध्यक्ष बनौं, उनका केही दासहरु उनको त्यो अभियान सफल बनाउन लागिपरेका छन् भने माधव नेपाल छाडेर गएका नेताहरु भने ओलीलाई सर्वसम्मत हुन नदिने अडानमा छन् । महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष दोहोर्‍याउन चाहेका ओलीले १० बुँदे सहमति पक्षमा नेताहरुसँग भेट गर्दै एकल र सामूहिक रुपमा अनौपचारिक छलफल गरेका छन् । बिहीबार उनले उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा स्थायी कमिटीको सदस्य सुरेन्द्र पाण्डेसँग निवास बालकोटमा छलफल गरेका थिए । त्यसअघि ओलीले उपाध्यक्ष भीम रावल, सचिव भीम आचार्य, स्थायी कमिटीका सदस्य रघुजी पन्तसँग छुट्टाछुट्टै भेट गरेका थिए । महाधिवेशनअघि अध्यक्ष ओलीले आगामी दिनमा कसरी बढ्ने भन्ने विषयमा सबै पदाधिकारी तथा अन्य प्रमुख नेताहरुसँग छलफल गर्ने उनी निकट एक पदाधिकारीले बताए । तर ओलीले हालसम्म उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईलाई भने भेट गरेका छैनन् । बिहीबार सामूहिक भेटमा गएका नेताहरुले अध्यक्ष ओलीलाई सहमतिको वातावरण बनाउनका लागि आग्रह गरेका थिए । उनीहरुले सहमति हुन नसके त्यसले एमालेमा गम्भीर क्षति पुर्‍याउनतर्फ पनि अध्यक्ष ओलीको सचेत गराएका थिए । उनीहरुले ओलीलाई आफूलाई मनपरेको व्यक्तिलाई टिपेर नेतृत्वमा ल्याउनुभन्दा मापदण्ड बनाएर अघि बढ्न सुझाव दिएका थिए । सामूहिक भेटमा सहभागी भएका नेताहरुसँग अध्यक्ष ओलीले सबै पक्षलाई मिलाएर लैजाने पक्षमै आफू रहेको जानकारी गराएका थिए । भेटपछि शाक्य, ज्ञवाली र पाण्डे उत्साहित देखिएका छन् । चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने १० औं राष्ट्रिय महाधिवेशनमा एमालेको १५ पदाधिकारीसहित २ सय २५ जना सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ ।
प्रतिनिधि छनोटमा निकै शक्तिशाली देखिएका ओलीले निर्विरोध रुपमा अध्यक्षमा दोहोरिन चाहन्छन् । माधवकुमार नेपालसहितका नेताहरु विभाजित भएर नयाँ राजनीतिक दल खोलेपछि एमालेभित्र अध्यक्ष ओली झनै शक्तिशाली बनेका छन् । अध्यक्ष ओलीले चाहेको व्यक्तिमात्रै एमालेको १५ सदस्यीय पदाधिकारीमा महाधिवेशन निर्वाचित हुने सक्ने परिस्थिति सिर्जना भएको छ । जस कारण एमालेका नेताहरुले नेतृत्वमा आउने आफ्नो आकांक्षालाई स्पष्ट रुपमा बताउन सकेका छैनन् । एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव एकरएक, उपाध्यक्ष ४ र सचिव ७ गरी १५ पदाधिकारी रहने व्यवस्था गरेको छ । नवौं महाधिवेशनमा निर्वाचित १२ पदाधिकारी एमालेमा रहेका छन् । उनीहरु सबै पदाधिकारीमा दोहोरिन चाहन्छन् ।
ओलीसँग भेट्ने सबै नेताहरुको बुझाइ भने एकै प्रकारको छैन । उपाध्यक्ष रावलले अध्यक्ष ओलीसँगको भेट प्रतिस्पर्धा गर्ने विषयमा छलफललाई तीव्रता दिएका छन् । रावलसँग पनि अध्यक्ष ओलीसँग यसै साता बालकोटस्थित निवासमा भेट गरेका थिए । सो भेटमा उपाध्यक्ष रावलले महाधिवशेनमा कसरी जान्छौं, प्रतिनिधिको मनोनयन विषयलाई टुंगो लगाउन र बैठक बोलाउन ओलीसँग जिज्ञासा राखेका थिए । नेतृत्वको विषयमा अध्यक्ष ओलीले ठोस जवाफ नआएको उपाध्यक्ष रावलले बताए । उपाध्यक्ष रावलले २ साताअघि गृहजिल्ला आछाममा भएको कार्यक्रममा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका थिए । तर त्यसपछि भने यस विषयमा सार्वजनिक रुपमा धारणा राखेका छैनन् ।