Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काँग्रेसको १४ औ महाधिवेशनको रन्को केन्द्रदेखि गाँउसम्म पुगेको छ । कृयाशीलताको साँचो लिएर बसेको छानविन समिति ५१ जिल्ला पार गर्दै बाँकी जिल्ला खोतल्दैछ । काँग्रेस भित्र पनि सभापति पद मात्र होइन विधानले २ उपसभापति २ महामन्त्री ८ सहमहामन्त्री पदको व्यवस्था गरेपछि त्यसका लागि दौडधुप चल्दैछ । कोषाध्यक्षपद तत्कालीन पदाधिकारीले सहमतिका आधारमा छनौट गर्ने भएकाले केन्द्रीय सदस्य बन्न आँकाक्षा प्रस्तुत गर्ने सय नाघ्न सक्छन् ।
युवा पुस्ताले आफ्नो बन्दोवस्त गरिसकेको काँग्रेसमा कोइराला परिवारको जालबाट पार्टी फुत्काउने साहस देउवामा जति थियो रामचन्द्र पौडेलमा थिएन । कृपाको राजनीति र दानको पदको भरले सर्वसम्बत सभापति उम्मेद्वार बन्न सक्ने वातावरण छैन । हिजो डा. शेखर कोईराला, डा. शंशाङ्क कोईराला, अर्जून नरसिहं केसी, डा. राम शरण महत्तहरु मात्र होइनन् पूर्व महामन्त्री प्रकाशमान सिहं सम्मले पौडेललाई साथ दिए पनि अहिले त्यो अवस्था छैन । तेस्रो धारका कृष्ण सिटौलासँग रहेका गगन थापा, प्रदिप पौडेल, भिमसेन दास श्रेष्ठहरुको चाहना पनि पदाधिकारी पद मै छ । सभापति पदमा ४ जनाको दौड हुनेछ ।
देशभरका काँग्रेससँग भिजेका कोइराला परिवारको वंशीय राजनीतिमा विपि र जीपी भन्दा टाढाका डा. शेखर कोईरालालाई पार्टी सभापति हुने रहर आज भएको होइन । कोईराला वंशको नाम भजाउँदैमा कार्यकर्ताले पत्याउने भए महामन्त्री डा. शशाङ्कको ढंग र ल्यागतले सभापति देउवालाई चुनौती दिन्थ्यो । तर डा. शशाङ्कबाट काम चलेन पूर्ण बहादुर खड्काले महामन्त्रीको काम गरे । डा. साप पिताको नाममा मख्ख परे । डा. शेखर अब तयारीमा जुटेका छन् । उनले शक्ति भएका देशभर संजाल बनाएका शंकर भण्डारीहरुसँग गठबन्धन बनाउदै छन् । भण्डारीले धर्म निरपेक्षताको मुद्दा विरुद्ध हिन्दुत्व बोकेका छन् । यो एजेण्डा काँग्रेसको महासमितिको बैठकमा गत वर्ष प्रवेश गराइएको थियो । कतै धर्म निरपेक्षता विरुद्ध हिन्दू धर्मको आड लिएर नेतृत्व हत्याउने अभियानमा डा. शेखरहरु लागे भने नौलो हुने छैन ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल