Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै सडकमा पुनः भिडभाड सुरु भएको छ । आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएसंगै सडकमा सवारीको चाप बढेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र डिसीसीएमसीको बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली सोमबार बसेको उपत्यकाका तीन जिल्लाको बैठकले गए रातिदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएको थियो । जोरबिजोर हटेसंगै आजबाट साना ठुला, सार्वजनिक तथा निजी सबै प्रकारका सवारी साधन गुड्न सुरु भएका छन् ।
काठमाडौं उपत्यकाभित्र दैनिक ८ लाख भन्दा बढी सवारी साधन गुड्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । काठमाडौंको सवारी व्यवस्थापनको लागि १ हजार भन्दा बढी ट्राफिक प्रहरी सडकमा खटिएका छन्। आज कोटेश्वर, जमल, जाउलाखेल, कलङ्की लगायत क्षेत्रमा सवारी चाप बढेको देखिन्छ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल